मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी
एजुेकशनपत्र, काठमाण्डौं । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।
थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ।
प्रस्तावित आयोजना कार्यान्वयनले आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रूपमा पार्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन गरी प्रतिवेदन तयार गरिएको हो। अध्ययन प्रतिवेदनले आयोजनाका सम्भावित प्रतिकूल प्रभाव न्यूनीकरण र व्यवस्थापनका उपायहरू सुझाएको छ।
विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले इआइए अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिनुभयो। चा