सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी
-५६ वटा नर्सिङ कलेजलाई भर्ना स्वीकृति
-उच्च अदालतको आदेशको प्रतिकूल असर परेको आयोगको ठहर
-नीतिगत निर्णय नगर्न सीटीईभीटीका सदस्य सचिवलाई पत्राचार
-कानुनविपरीत भए सम्बन्धन रद्द
-आर्थिक चलखेल भएको सीटीईभीटीका कर्मचारीको भनाइ
ईश्वरराज ढकाल, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ । सीटीईभीटीले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना तथा सिट निर्धारण गरेपछि आयोगले आपत्ति जनाएको हो ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी सो निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको थियो । आयोगले आशयपत्र दिन गरेको निर्णयलाई अपव्याख्या गरी धमाधम सीटीईभीटीले सिट निर्धारण गरेपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आशयपत्र प्राप्त गरेका चिकित्सा शिक्षा