सामुदायिक विद्यालयको प्रवेश परीक्षामा ‘ओएमआर’ सिट
एजुेकशनपत्र, काठमाण्डौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयले कक्षा ११ मा नयाँ भर्नाको लागि सञ्चालन गरेको प्रवेश परीक्षामा अप्टिकल मार्क रिडर (ओएमआर) प्रविधिको प्रयोग गरेको छ ।
परीक्षार्थीको उत्तरपुस्तिका कम्प्युटरबाट परीक्षण गर्ने प्रविधि ओएमआर हो । प्रवेश परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन उक्त प्रविधिको प्रयोग गरिएको विद्यालयले जनाएको छ । साथै सामुदायिक विद्यालयको प्रवेश परीक्षामा यो प्रविधि प्रयोग गर्ने आफूहरू नै पहिलो हुनसक्ने विद्यालयका सहायक प्रधानाध्यापक केदार दाहालले दाबी गर्नुभयो ।
यसअघि यो प्रविधि लोकसेवा आयोग, चिकित्सा शास्त्र, इन्जिनियरिङ शिक्षा लगायतका विषयमा भर्नाको लागि लिइने प्रवेश परीक्षामा प्रयोग हुँदै आएको छ । ओएमआर प्रविधि प्रयोग गरेपछि परीक्षार्थीको नतिजा कम्प्युटर प्रणालीबाट परीक्षण हुनेछ । साथै नतिजा प्रकाशनको काम पनि सहज हुनेछ ।
यो प्र