विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्छ : प्रतिनिधिसभामा सांसद गगन थापा
एजुेकेशनपत्र, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभामा सांसद गगन थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफलका क्रममा बोल्दै थापाले नेपालको पठन संस्कृति बदल्नुपर्ने बेला आएको पनि बताए ।
थापाले विश्वविद्यालयलाई दलीय हस्तक्षेपबाट मुक्त गर्दै विश्वविद्यालय शिक्षालाई अनुसन्धानतिर लैजानुपर्ने बताए । सरकारले विश्वविद्यालय ऐन छिटोभन्दा छिटो ल्याउनुपर्ने पनि उनले बताए । ‘अहिले पनि विश्वविद्यालयको ऐन ल्याइएको छैन । यो अर्थ मन्त्रालयतिर घुमिरहेको छ । सरकारले यसको महत्त्वलाई बुझ्न सकेन । सरकारको विश्वविद्यालय शिक्षालाई समग्रतामा हेर्ने एउटा अवसर हो । प्रदेशको सरकारलाई मागदर्शन गर्ने अवसर पनि हो । उच्च शिक्षालाई अनुसन्धानतिर कसरी लिएर जाने, पठनपाठन कसरी बदल्ने ? क