Educationpatra, Author at Education Patra | Page 20 of 62

Author: Educationpatra

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राख्ने सरकारको निर्णय

Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय सानोठिमीमा राखिने सरकारले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा राख्ने निर्णय गरेको छ। बिहीबार असार २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्। ad त्यसैगरी, सरकारले पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, भारतको गुजरातमा हुन लागेको जी–२० को तेस्रो अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन अर्थमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ।
दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

दिल्लीमा बाढीको वितण्डा, सबै शिक्षण संस्था बन्द, जनजीवन नराम्रोसँग प्रभावित

International, Main News
बीबीसी । भारतको नयाँ दिल्लीमा बाढी र डुबानको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ । दिल्ली सरकारको आकस्मिक बैठकले सबै स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । अत्यावश्यकसेवाबाहेकका सरकारी र निजी कर्मचारीहरुलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न भनिएको बैठकपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिए । उनले बैठकले गरेका निर्णयहरु ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् । बीबीसी हिन्दीका अनुसार दिल्ली भएर बग्ने यमुना नदीको जलस्तर बिहीबार २०८.६ मिटरभन्दा माथि पुगेको छ । यो हालसम्मकै उच्च जलस्तरको रेकर्ड हो । यसअघि सन् १९७८ मा यमुना नदीको जलस्तर २०७.४९ मिटर पुगेको रेकर्ड थियो । त्यतिबेला दिल्ली डुबानमा परेर ठूलो क्षति पु
आदिकविको २१०औँ जन्मजयन्ती: वर्तमानका लागि भानुभक्तीय साहित्यको सामयिकता

आदिकविको २१०औँ जन्मजयन्ती: वर्तमानका लागि भानुभक्तीय साहित्यको सामयिकता

Thought/Blog
–प्रकाश सिलवाल, काठमाडौँ ।  “बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।” आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पङ्क्तितहरु सहजै स्मरणमा आउँछन् । नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् । आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन् : “भर जन्म घाँसतिर मन् दिई धन कमायो नाम क्यै र