दुर्गममा भारतीय राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण सम्पन्न
एजुकेशनपत्र, दैलेख । दैलेखको महावु गाउँपालिका जाँदा दुर्गम बस्तीमा टाढैबाट देखिने अग्लो विद्यालय भवन ठडिएका छन्।
भारतीय सेनामा जागिर खाएर रिडायर्ड भएका पूर्वभारतीय सैनिकहरूले दैलेखका दुर्गम गाउँमा भारतीय राजदूतावासलाई अत्याधुनिक विद्यालय निर्माणका लागि आग्रह गरे। उनीहरूको आग्रहअनुसार दूतावासले १० करोडभन्दा बढी लागतमा विद्यालय भवन निर्माण सम्पन्न गरेकाे छ। ६ वर्ष अघिदेखि निर्माण सुरु गरिएका भवनहरू औपचारिक कार्यक्रम गरेर सम्बन्धित पालिकाहरूलाई हस्तान्तरण गरिएको छ।
'शिक्षा सबैभन्दा महत्त्वपूर्ण विषय हो, पूर्वाधारविना शैक्षिक क्षेत्रको अन्य विषय कल्पना गर्न सकिँदैन। त्यसैले आफूहरूले भारतीय दूतावासमा दैलेखका दुर्गम बस्तीका विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि पहल गर्न आग्रह गराैँ,' पश्चात् भवन निर्माणको कार्य सुरु भएको भारतीय भूतपूर्व सैनिक संगठन नेपालका लेखा समिति अध्यक्ष खगेन