Educationpatra, Author at Education Patra | Page 26 of 62

Author: Educationpatra

विदेशमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको बढ्दो प्रवृत्ति

विदेशमा उच्च शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको बढ्दो प्रवृत्ति

Main News, Special News Highlights, Thought/Blog
एजुकेशनपत्र,  काठमाण्डौं ।  कैलाली निवासी प्रनिषा भट्टराई कक्षा १२ को परीक्षा सफलतापूर्वक पास गरेर भर्खर काठमाडौं आइपुगेकी छिन् । हाल बागबजारको होस्टेलमा बसेकी उनले पुतलीसडकस्थित कन्सल्टेन्सीमा आईएलटीएस कक्षामा भर्ना गरेकी छिन् । कक्षा १२ को नतिजा र आईएलटीएसको तयारी पूरा भएपछि, प्रनिषाले आफ्नो पढाइलाई विदेशमा अगाडि बढाउने सोचमा छिन्। प्रनिषासँगै काठमाडौंमा रहेका अन्य चार जना साथीहरू पनि आईएलटीएस परीक्षाको लागि तयारी गरिरहेका छन् । तिनीहरूको सामूहिक आकांक्षा उनीहरूको कक्षा १२ को नतिजा घोषणा हुने बित्तिकै उच्च शिक्षाको लागि विदेश जाने हो। आफ्नो कुरा राख्दै प्रनिषाले भनिन्,  जति पढे पनि नेपालमा जागिरको सुरक्षा न्यून छ। पढाइ र आम्दानी दुवैको राम्रो अवसर भएकाले विदेशमा करियर बनाउनु बढी फाइदाजनक हुन्छ। नेपालमा किन बेरोजगार बस्ने । पढेर अरु कतै काम गर्दै पैसा कमाउन सकिन्छ । प्रनिशा ज
गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा

Ethical Education, Main News
एजुकेशनपत्र, काठमाण्डौं । प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ। प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइएको हो। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरु ब्रह्मा  गुरुविष्णु गुरुर्देवो  महेश्वरः। गुरु साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।। माता पिताजस्त
राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक पारित

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक पारित

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । । राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरुले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए । आज (सोमबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ । राष्ट्रिय सभाको अर्को बैठक असार १९ गते मङ्गलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ “त्रिपिटक” – एक संक्षीप्त अध्ययन

प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ “त्रिपिटक” – एक संक्षीप्त अध्ययन

Spiritual Knowledge, Thought/Blog
✍नारायण गिरी, त्रिपिटकले बौद्ध आदर्श, सिद्धान्त र नियमहरूलाई दर्शाउनुको साथसाथै दार्शनिक समस्याहरूलाई खोतलेर त्यसको समाधान गर्ने मार्गप्रशस्त गर्दछ। पाली भाषामा यसलाई तिपिटक भनिन्छ।त्रिपिटकको शाब्दिक अर्थ – त्रि + पिटक, त्रि भनेको तीन र पिटकको अर्थ बक्स वा टोकरी हो। यसरी त्रिपिटकको अर्थ तीनवटा बाकस हो। यो एक महामानवको शिक्षा र दर्शनको संग्रह हो, जसमा बुद्धबचनहरू, बुद्धका शिक्षाहरू, मार्गदर्शन, व्याख्या, सल्लाह, स्पष्टीकरण, प्रेरणाहरू र दर्शन संग्रहित छन्। यो ग्रन्थ पाली भाषामा लेखिएको छ र अहिलेसम्म आउँदा विभिन्न भाषाहरूमा अनुवाद भइसकेको छ। यस ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाणसम्मका वचनहरू संग्रहित गरिएको देखिन्छ । बुद्धले आफ्नो समयमा सबै शिक्षा मौखिक रूपमा दिएका थिए। भिक्षु आनन्दले आफ्नै मस्तिष्कमा सम्झना भई बसेको आधारमा सुत्त पिटक र भिक्षु उपालिले
सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । सरकारले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा छ। ‘मन्त्रिपरिषदकै समितिमा छलफलमा रहेको संघीय शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिन्छ,’ गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भने। संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने पनि उनले बताए। प्रधानमन्त्री दाहालले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकोले तयारीमा लागिएको बताए। ‘जिपी कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने कुरा यहाँ आएका छन्,’ उनले भने, ‘विश्वविद्यालय निर्माण प्रक्रिया अघि बढ्यो।’
विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त राख्नु पर्छ: गगन थापा

विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त राख्नु पर्छ: गगन थापा

Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र काठमाण्डौं । नेपाली काङ्ग्रेसका महासचिव गगनकुमार थापाले विश्वविद्यालयमाथि राजनीतिक गर्ने आफ्नो इच्छा नरहेको बताएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त राख्नुपर्नेमा जोड दिएका छन । उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताए । ूहामीले विश्वविद्यालय ऐन जस्तै संघीय शिक्षा कानून लागू गर्न आवश्यक छ, जसले विश्वविद्या
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टारमा डा. डबल धामी नियुक्त

Higher Education News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । बझाङका निवासी चिकित्सा व्यवसायी डा. डबल धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रेक्टरमा नियुक्त भएका छन् । संस्थाका उपकुलपति डा. मंगल रावल र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले नियुक्ति गरेका हुन् । उपकुलपति डा. रावलको सिफारिसमा मन्त्री बस्नेतले उक्त पदका लागि डा. भूमिराज क्षेत्री डा. कुशल भट्टराई र डा. धामीसहित तीनजनाको प्रस्ताव गरेका थिए । उपकुलपति डा रावलले रेक्टरका लागि यसअघि डा राजिव शाह, डा माया राई र डा अनुस्मृती पालको नाम सिफारिस गरेका थिए । बझाङको छबिस पाथीभेरा ६ का स्थायी बासिन्दा डा.धामी यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापकका रूपमा कार्यरत थिए । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र काठमाडौं विश्वविद्यालयबाट क्लिनिकल फार्माकोलजी र थेराप्यूटिक्समा एमडी गरेका छन्।
Guru Purnima: Celebrating the Reverence for Knowledge and Guidance

Guru Purnima: Celebrating the Reverence for Knowledge and Guidance

ENGLISH, Top Feature News
Educationpatra, Kathmandu. Guru Purnima, also known as Ashad Shukla Purnima, is being celebrated across the country today. This auspicious day holds deep respect for the teachers who give us the gift of education and wisdom. Since the Vedic period, Vyasa Jayanti has been observed on this occasion, commemorating the birth anniversary of Ved Vyasa, the revered author of the epic scripture, Mahabharata. Ved Vyasa's profound contributions to Hindu culture through his writings of religious texts such as Vedanta, Athar Purana, and Upanishads make him an embodiment of knowledge and enlightenment, elevating Guru Purnima to great significance. The term "Guru" in Sanskrit carries a profound meaning, symbolizing the one who dispels darkness and illuminates the path of knowledge. A Guru is t...