Educationpatra, Author at Education Patra | Page 37 of 62

Author: Educationpatra

गणतन्त्र स्थापना: शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला

गणतन्त्र स्थापना: शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाडौँ । मुलुकमा गणतन्त्र स्थापनापछि शिक्षा क्षेत्रमा नीतिगत रूपमा थुप्रै परिवर्तन भएका छन्। यसले शैक्षिक क्षेत्रको सुधारमा सकारात्मक पाइला अगाडि बढेको छ। विभिन्न नयाँ नीति अवलम्बन गरिए पनि कार्यान्वयन पक्षप्रति भने सन्तोष गर्नुपर्ने अवस्था छैन। गणतन्त्र घोषणापछि निरक्षरता उन्मूलन अभियान, विद्यालय तह स्थानीय सरकारलाई हस्तान्तरण, विद्यालय खाजा कार्यक्रम , निःशुल्क सेनिटरी प्याड, हरेक पालिकामा प्राविधिक विद्यालय स्थापना, विद्यालय तहमा अक्षराङ्कन पद्धति, विद्यालय तहमा नयाँ पाठ्यव्रmम, राष्ट्रिय शिक्षा नीतिलगायतका शैक्षिक सुधारका कार्यव्रmम एवं नीतिको कार्यान्वयन गरिए। यस वर्ष समयमा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पु-याइएको छ। गणतन्त्र स्थापनापछि केही नयाँ विश्वविद्यालय पनि खुले। राजनीतिक प्रतिबद्धता हुन नसक्दा सबैको प्रतीक्षाको विषय रहेको सङ्घीय शिक्षा ऐन आउन निकै सकस
ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्नेमा सरोकारवालाको जोड

ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्नेमा सरोकारवालाको जोड

Main News
एजुकेशनपत्र, काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ  । वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक क्याम्पसमा ज्योतिष विषयमा प्राध्यापनरत प्राध्यापक, त्रिवि संस्कृत विभाग, यौगिक साइन्स मास्टर्स प्रोग्राम, गणित आदि विभागका प्राध्यापक, महर्षि वैदिक फाउण्डेसन र नेपाल ज्योतिष परिषद् आदि संस्थाका ज्योतिषका अनुसन्धाता र अध्येयता एवं उच्च शिक्षामा  अध्ययनरत संस्कृतका विद्यार्थी गरी १२५ जनाको सहभागिता  छ । विश्वविद्यालयको नयाँ पाठ्यक्रममा केन्द्रित भई ज्योतिषको पठनपाठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले आयोजित गोष्ठीमा शिक्षणमा आधुनिक प्रविधिको उच्चतम उपयोग गर्नुपर्ने जीवनपद्
सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने

Main News, School Education, Special News Highlights, Top Feature News
काठमाडौँ । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिन लागेको हो । त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट,दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यमा भने यो सम्झौता कार्यान्वयन हुनेछैन । सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत जडान गर्न लागिएको हो । त्यसका लागि “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुऱ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जडान गरिने ने
रिड नेपालद्धारा स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान

रिड नेपालद्धारा स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान

Main News
ताप्लेजुङ। ताप्लेजुङमा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले स्रोत तथा प्रतिनिधि शिक्षकलाई तालिम प्रदान गरेको छ । रिड नेपालले आफ्नो कार्य क्षेत्रअन्तर्गत रहेका विभिन्न विद्यालयका स्रोत तथा प्रतिनिधि शिक्षकलाई दुई दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको हो। ताप्लेजुङको उच्च हिमाली तथा दुर्गम फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाका केही वडालाई कार्यक्षेत्र बनाएर रिड नेपालले शैक्षिक गतिविधि गर्दै आएको छ । शिक्षण सिकाइका क्रममा कक्षाकोठामा देखिने समस्या समाधानको सहजीकरण गर्न जिम्मेवारी तोकिएका १३ जना स्रोत तथा प्रतिनिधि शिक्षकलाई सहभागी गराई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको रिड नेपालले जनाएको छ। क्षमता अभिवृद्धि तालिमको सहजीकरण रिड नेपालमा आबद्ध प्रशिक्षकले गर्नुभएको बताइएको छ । क्षमता अभिवृद्धि तालिमले कक्षा कोठामा देखिने समस्या सहज रूपमा समाधान गर्न र शिक्षण सिकाइ
निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
ईश्वरराज ढकाल, काठमाण्डौं ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताउनुभएको छ । आयोग गठन भएदेखि विरोधमा उत्रिएका निजी मेडिकल कलेजले शुल्क घटाएकोमा आपत्ति जनाएको प्रसंग उल्लेख गर्दै भन्नुभयो– ‘उहाँहरू शुरूदेखि नै आयोगको विपक्षमा पटकपटक आन्दोलन उत्रिनुभयो । कलेज सञ्चालन गर्न सक्दैनौं भनेर हामीलाई चाबी नै बुझाउनुभयो । आयोग स्थापना हुनुअघि एमबीबीएसको लागि १ करोड रुपियाँसम्म असुल्ने गरिएको थियो, हाल ४०–४५ लाखमै पढ्न पाइन्छ । आयोगको यो नै ठूलो सफलता हो ।’ चारवर्षे कार्यकाल सकिन करिब दुई महिना बाँकी रहँदा बिहीबार आयोगले पत्रकार सम्मेलन गरी आयोगले अहिलेसम्म गरेको कामको बारेमा जानकारी दिएको हो । कार्यक्रममा उपाध्यक्ष प्राडा गिरीले आयोगकै कारण चिकित्सा शिक्षा क्षेत्रमा सुधार आएको दाबी गर्नुभयो ।
बंगलादेशका कर्मचारीलाई भारतको उत्तराखण्डमा पढाइयो

बंगलादेशका कर्मचारीलाई भारतको उत्तराखण्डमा पढाइयो

International
एजेन्सी । बंगलादेशका ४५ जना सरकारी कर्मचारीहरुलाई भारतको उत्तराखण्ड पुर्याएर तालिम दिइएको छ । नेसनल सेन्टर फर गुड गभर्नेन्स ( एनसीजीजी) ले क्षमता अभिवृद्धिको निम्ति दुई साताको तालिम आयोजना गरेको बताइएको छ । उत्तराखण्डको मुसौरीस्थित एनसीजीजी क्याम्पसमा तालिम कार्यक्रम राखिएको भारतीय समाचार एजेन्सी इण्डिया न्युज नेटवर्कले जनाएको छ । उक्त तालिम एनसीजीजीले आयोजना गरेको ६० औं संस्करण भएको उल्लेख छ । भारतले आगामी सन् २०२५ सम्म तालिम लिने बंगलादेशी कर्मचारीको संख्या १८ सय पुग्ने जनाएको छ । पछिल्लो दुई वर्षमा ५१७ जता बंगलादेशी कर्मचारीले उक्त संस्थाबाट तालिम प्राप्त गरिसकेका छन् । भारतीय विदेश मन्त्रालयको सहकार्यमा उक्त केन्द्रले विश्वका १५ राष्ट्रका सरकारी कर्मचारीलाई तालिम दिने गरेको प्राप्त समाचारमा उल्लेख छ । बंगलादेश, केन्या, तान्जानिया, ट्युनिसिया, सिसेल्स, गाम्बिया, माल्दिभ्स,