Educationpatra, Author at Education Patra | Page 46 of 62

Author: Educationpatra

शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा

शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा

Banner News, Main News
ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा १४ संघसंगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए । उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन खोई भन्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरूले आगामी बजेट मार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग राखे । न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एकवर्षदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् । शिक्षक महासंघले २०७५ र २०७
सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपूर्ति सम्बन्धी विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोक्न निर्देशन आएको हो । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई विभिन्न विषयमा प्रतिवेदन तयार गरी १५ दिनभित्र पेश गर्न पनि भनेको छ। मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गतेदेखि सम्बन्धन लिन चाहने सामुदायिक तथा निजी कलेजहरुका लागि दरखास्त माग गरेको थियो। विश्वविद्यालयको उक्त निर्णय अमान्य भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन पनि गरेका थिए।
वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

Banner News, Employment, Main News, Special News Highlights
गोपाल संग्रौला । सरकारले कोभिड महामारीका बेला सञ्चालन गर्ने तयारी गरेको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम बल्ल कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएका १५६ स्थानीय तहमध्ये ८१ पालिकामा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सरकारले लामो समयदेखि वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भए पनि निर्देशिका स्वीकृति नहुँदा कार्यक्रम सञ्चालन हुन लामो समय लागेको हो । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अन्तिम छनोटमा परेका मध्ये ८१ स्थानीय तहले १५ करोड रुपैयाँबराबरको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । “हाल वैदेशिक रोजगारीबाट फर्किएका ३ हजार २२० श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन भइरहेको छ,” उनले कारोबारसँग भने, “८१ पालिकाले श्रमिकको संख्याका आधारमा ८ द
शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

Banner News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र,  दाङ तुलसीपुर। उच्च अदालतले दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न आदेश दिएको छ । बिहीबार माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिएको हो। हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ। तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा गरिएकोमा काँग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक सङ्घ-संगठनहरूले विरोध जनाएका थिए।