Educationpatra, Author at Education Patra | Page 48 of 62

Author: Educationpatra

राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क

राप्ती नगरपालिकामा १२ कक्षा सम्मको शिक्षा निःशुल्क

Banner News, Main News, School Education
काठमाडौँ । चितवनको राप्ती नगरपालिकाले १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको छ । नगरपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयमा यसै शैक्षिकसत्रदेखि १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेको हो । विद्यार्थीले १२ कक्षा सम्मको अध्ययनका लागि कहिँकतै कुनै शुल्क तिर्नु नपर्ने नगरपालिकाका प्रमुख शमशेर लामाले जानकारी दिए । उनका अनुसार विद्यालय भर्ना, पाठ्यपुस्तक खरिद, परीक्षा शुल्क, खाजाको व्यवस्थालगायतका सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने छ । सामुदायिक विद्यालयको शिक्षा निःशुल्क गर्ने निर्णयबाट पालिकाका करिब ५० विद्यालयका १० हजार बढी विद्यार्थीहरू लाभान्वित हुने भएका छन् । विद्यार्थी भर्ना तथा अन्य क्रियाकलापमा कुनै शुल्क नलिन शिक्षा शाखाले विद्यालयलाई परिपत्र गरिसकेको छ । नगरपालिकाले पालिका भित्रका निजी र सामुदायिक विद्यालयमा शिक्षाको मापदण्ड एउटै बनाउन कार्यदल बनाएर काम अघि बढाएको प्रम
निजी विद्यालयलाई मनिटरिङ गर्न नियमै नियम तर हुँदैन कार्यान्वयन

निजी विद्यालयलाई मनिटरिङ गर्न नियमै नियम तर हुँदैन कार्यान्वयन

Banner News, From Today's Newspaper, Main News, School Education, Special News Highlights
काठमाडौं । २०६९ मा तत्कालीन शिक्षा विभागले अंग्रेजी नाम भएका स्कूल–कलेजलाई नेपाली नाम राख्न निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार केही विद्यालयले नाम फेरे तर, कतिपयले भने अटेरी गरे ।  उनीहरूले सरकारकै अनुमतिमा अंग्रेजी नाम राखिएको भन्दै नाम नफेर्ने अडान लिएका थिए । दशसकौंदेखिको नाम बजारमा ‘ब्रान्ड’ बनिसकेको भन्दै कसैले विरोध गरेकै भरमा नाम परिवर्तन गर्न नमिल्ने उनीहरूको अडान थियो । तत्कालीन समयमा उच्च माध्यामिक विद्यालय संघ (हिसान) ले त्यसको विरोध गरेको थियो । शिक्षाको गुणस्तरतिर ध्यान नदिई सरकार र सरोकारवाला निकायहरू नामको पछाडि मात्र लागेको भन्दै नामको भन्दा गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिएको थियो । अहिले पनि विदेशी नाम भएका स्कूल कलेजहरू प्रशस्त छन् । त्यसको जानकारी सरकारका निकायसँगै छ । काठमाडौं महानगपालिकाले हालै त्यस्ता नाम परिवर्तन गर्न भनेको छ ।
भागबण्डाले विश्वविद्यालयमा विकृति: मन्त्री राई

भागबण्डाले विश्वविद्यालयमा विकृति: मन्त्री राई

Banner News, Main News, Special News Highlights, Top Feature News
विराटनगर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयहरूलाई बढी राजनीतिकरण गरिएको बताएका छन् । राजनीतिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा विकृति आएको बताए । पूर्वाञ्चल विश्वविद्यालय परिसरमा शुक्रबार आयोजित सात सय ५० सिट क्षमताको सभाहल शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनीति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको बताए । अन्य देशमा राजनीतिक व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी बनाउने परिपाटी नरहेको उल्लेख गर्दै मन्त्री राईले नेपालमा पनि यसलाई बिस्तारै कम गर्दै लैजाने बताए । आफू मन्त्री बनेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरी सुधार गर्नुपर्ने धेरै कुराहरूको विषयमा जानकारी लिएको उ
विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

विद्यालय तहमा हुने ऐच्छिक कम्प्युटर किन पढ्ने ?

Banner News, Main News, School Education, Special News Highlights, Top Feature News
सञ्जीवन राई, काठमाडौं । विमोचन विश्वकर्मा अहिले त्रिभुवन विश्वविद्यालयको बीएससी सीएसआईटी (ब्याचलर अफ साइन्स इन कम्प्युटर एन्ड इन्फरमेसन टेक्नोलोजी) को पहिलो सेमेस्टरका विद्यार्थी हुन् । उनी एक सफ्टवेयर कम्पनीमा जुनियर प्रोग्रामरका रूपमा समेत काम गरिरहेका छन् । विश्वकर्मालाई यस सेमेस्टरमा पढाइको उति धेरै तनाव छैन । उनले कक्षा ६ देखि नै कम्प्युटर शिक्षा पढ्न सुरु गरेका थिए । कक्षा ९-१२ सम्म त  ऐच्छिक विषयका रूपमा कम्प्युटर नै पढे । अहिले पहिलो सेमेस्टरमा भएका धेरै कुरा पहिलेका कक्षामा नै पढिसकेकाले सजिलो भएको उनी सुनाउँछन् । विश्वकर्मा एक प्रतिनिधि विद्यार्थीमात्र हुन्, जसले भविष्यमा सूचना प्रविधि (आईटी) अध्ययन गर्न विद्यालय तहमा नै कम्प्युटर शिक्षा पढे । नेपालमा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ९-१० मा ऐच्छिक प्रथम पत्रमा ४२ र दोस्रो पत्रमा ३५ विषय रहेका छन् । विद्यार्थीले