Educationpatra, Author at Education Patra | Page 49 of 62

Author: Educationpatra

धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

धेरै विद्यार्थीमा प्राविधिक शिक्षाप्रतिको आकर्षण बढदो

Banner News, Main News, School Education, Special News Highlights
भोजपुर। प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको हो । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । विद्यालयले दुई वर्षअघिबाट यहाँ प्राविधिक शिक्षाको थालनी गरेको हो । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका छन् । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवन उपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । शिक्षालाई पराम्परामूखी भन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले यहाँ प्राविधिक शिक्षाको थालनी गरेको विद्यालयका प्रधानाध्यापक पेशलकुमार तिमल्सेन
शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

शिक्षामा पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधारअनिवार्य’: नेता प्रकाशमान सिंह

Banner News, Main News, School Education, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको पनि बताउनुभयो । सामुदायिक विद्यालयले स्तरीय शिक्षा दिन नसकेका कारण अभिभावकले बाध्य भएर निजी विद्यालयमा नानीबाबु पढाउनुपरेको बताउँदै सिंहले भन्नुभयो, “ तर हिजोआज सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण निकै बढेको छ । यसको ज्वलन्त उदाहरण विश्व निकेतन स्कुल बनेको छ । अन्य स्कुललाई पनि यस्तै बनाउन हामी सबैको पहल आवश्यक छ ।” सामुदायिक विद्यालयमा राज्यको लगानी बढ्न
अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

अनलाइनबाटै एनओसी जारी गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । अहिले पनि एनओसीका लागि अनलाइनबाटै आवेदन दिनुपर्ने हुन्छ । तर, अबदेखि एनओसीको प्रिन्ट पनि अनलाइनबाट आफैँले गर्न मिल्ने व्यवस्था बनाउन लागेको हो ।एनओसी शाखा प्रमुख बासुदेब वस्तीका अनुसार ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने व्यवस्था गर्न लागिएको हो । सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी आवेदकले सबमिट गरेका कागजातहरूका आधारमा अटोनोमस भेरिफिकेसन गर्ने वस्तीले बताए । विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए–नलिएको विवरण समेत बैङ्क तथा वित्तीय संस्थाहरूबाट अटोमेटिक हुनेछ । यसका लागि शाखाले बैङ्क तथा वित्तीय संस्थाहरूलाई अभिमुखीकरण ग
सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा

Banner News, Higher Education News, Main News
ऐजुकेशनपत्र, सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् । उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । तर, उनको निवासमै विद्यार्थी नेताहरुको धर्ना जारी थियो भने प्रहरी तैनाथ गरिएको थियो । जसका कारण केही समय पत्रकारलाई समेत भित्र छिर्न दिइएन । पछि पत्रकारहरु गेटभित्र छिरे । करिब साढे १ घण्टा बोलेका सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको दाबी गरे । सम्बन्धन दिने विषयमा केही सीमा रहेको र त्यस
अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

अमेरिकामा नेपाल चिनाउँदै सांसद ह्यारी

Banner News, International, Main News, Special News Highlights
वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफ्नो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुन्, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहेका छन् । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो