Educationpatra, Author at Education Patra | Page 50 of 62

Author: Educationpatra

सफलता तर्फः पढ्दै कमाउँदै शिक्षा कार्यक्रम

सफलता तर्फः पढ्दै कमाउँदै शिक्षा कार्यक्रम

Main News, School Education, Top Feature News
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषि पेसामा आबद्ध भएका छन्। आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीलाई सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयनमा ल्याए पनि विद्यार्थी आबद्ध भएका हुन्। कार्यक्रमअन्तर्गत पालिकाले वडा नं.–४, आमडाँडावेशीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगदे बाली अदुवा र हलेदो(बेसार) खेती गरेर सहभागितामूलक शिक्षा दिन थालिएको छ। कार्यक्रमको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आइतबार विद्यार्थीसँग अदुवा र हलेदोको बिउ रोपण गरी शुभारम्भ गर्नुभयो। अध्यक्ष चुमानसँगै खेतीमा रमाउँदै बालबालिकाहरू सहभागी भएका थिए। उक्त अवसरमा अध्यक्ष चुमानले सीपयुक्त व्यावहारिक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारले ल्याएको  यस कार्यक्रम पालिकाले कार्यान्वयनम
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

Banner News, Main News, School Education, Special News Highlights
ताप्लेजुङ । ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो । सरकारले गत साताको आइतबारदेखि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले विद्यार्थी भर्ना वैशाख १५ गते शुक्रवारसम्म सञ्चालन हुने उल्लेख गरेकै दिनदेखि भानुजन माविले भर्ना  बन्द गरेको जनाएको छ । शुक्रवार सम्ममा दुई पटक प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर विद्यार्थी भर्ना गरिएको र यसपछि भर्ना कार्य बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । अघिल्लो साताको सोमबार र गत सातको शुक्रवार गरी दुई पटकको प्रवेश परीक्षामा चार सय विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा
सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक छ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक छ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

ICT News, Main News, Special News Highlights
ऐजुेकशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले श्र
लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
सार्वजनिक खरिदको विकृति तथा न्यूनीकरण  १.  सार्वजनिक खरिद भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा सार्वजनिक खरिदको अभ्यासमा देखिएका विकृतिहरू उल्लेख गर्दै विकृति न्यूनीकरणका उपायहरू सिफारिस गर्नुहोस् ।  सार्वजनिक स्रोत प्रयोग गरी मालसामान, परामर्श सेवा, निर्माण कार्य र अन्य सेवा प्राप्त गर्ने कार्यलाई सार्वजनिक खरिद भनिन्छ । सरकारी निकायबाट हुने खर्चको ठूलो हिस्सा सार्वजनिक खरिदको माध्यमबाट हुने गर्दछ । सार्वजनिक खर्चको माध्यमबाट अर्थतन्त्रमा वाञ्छित प्रभाव पार्न तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन सार्वजनिक खरिदको महत्व उच्च रहेको छ । नेपालमा सार्वजनिक खरिदको व्यावहारिक अभ्यासमा देखा परेका विकृतिलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : क)सरकारी पक्षतर्फ – खरिद योजना तर्जुमा र कार्यान्वयनलाई ख्याल नगर्नु, – टुक्रे खरिदबाट प्रतिस्पर्धालाई सीमित पार्नु, – स्पेसिफिकेसन तयार, य
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. एसीसी प्रिमियर कप क्रिकेट २०२३ को उपाधि कसले जित्यो ?  नेपाल –  २०२३ अप्रिल १८ देखि मार्च २ सम्म नेपालमा सम्पन्न एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको । फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको । – कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई ११८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । – नेपाली खेलाडी गुलशन झा र भीम सार्कीले अविजित ९६ रनको साझेदारी गरेका थिए । झाले ८४ बलमा ६७ रन बनाए भने सार्कीले ७२ बलमा ३६ रन बनाए । यस्तै नेपालका कुशल भुर्तेल एक, आसिफ शेख आठ र कप्तान रोहितकुमार पौडेल एक रनमा आउट भएका थिए । युएईका रोहन मुस्ताफाले दुई र आयन अफजल खानले एक विकेट लिएका थिए । – मार्च १ मा वर्षाले खेल स्थगित भएपछि मार्च २ मा
सुरक्षित समाज निमार्णमा सुचना प्रविधिको भूमिका

सुरक्षित समाज निमार्णमा सुचना प्रविधिको भूमिका

ICT News, Science and Technology, Special News Highlights, Thought/Blog
काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुनु परेको छैन । यसको प्रयोगमार्फत प्राप्त हुने विभिन्न सेवाका अतिरिक्त यो प्रविधि सुशासनको प्रत्याभूत गर्न सहयोगी भइरहेको छ । विश्वव्यापी रुपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया, सार्वजनिक सेवा तथा सूचना प्रवाहका माध्यमले भूगोलरहित समाजको निर्माण गर्न सहयोग गरेको छ । यसले निम्न वर्गको मानिसलाई सूचनाको हक र पहुँचमा स्थापितसमेत गरेको छ । ज्ञान र सीप सिक्न सक्ने सम्भावनाहरुका ढोका खोलिदिएको छ । सूचना तथा सञ्चार प्रविधि आम मानिसको स्वार्थरहित अनन्य सहयोगी मित्र साबित भएको छ । यसको सही सदुपयोगले मानिसको जीवनमा अतुलनीय रुपान्तरण ल्याएको छ भने यसको दुरुपयोगले कति मानिसलाई समाप्त बनाएको पनि छ ।
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने: मन्त्रि रेखा शर्मा

सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने: मन्त्रि रेखा शर्मा

ICT News
ऐजुेकशनपत्र, काठमाण्डौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षामा सरकार संवेदनशील रहेको बताएकी छन् । उनले विगतमा सरकारी वेबसाइटहरूमाथि भएको साइबर हमलासहितका घटनाहरूबाट पाठ सिकेर सरकारले यथाशीघ्र राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने बताइन् । ‘साइबर सुरक्षाबारे विगत घटनाबाट सिकेर त्यसबारे अध्ययन र छानबिन गर्न सरकारले कार्यदल बनाएको थियो । कार्यदलको अध्ययनपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाको काम अघि बढाएको छ, अहिले हामीले त्यसबारे नीति बनाउने काम अन्तिम चरणमा पुर्‍याएका छौं,’ मन्त्री शर्माले भनिन् । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने नारासहित मन्त्रालयले मंगलबार गरेको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विशेष समारोहमा मन्त्री शर्माले सूचना प्रविधि पछिल्लो समय मानव जीवनको अत्यावश्यक साधन बनेको बताइन् । ‘सूचना