Educationpatra, Author at Education Patra | Page 51 of 62

Author: Educationpatra

मेडिकल काउन्सिलको परीक्षामा सय प्रतिशत विद्यार्थी उत्तीर्ण

मेडिकल काउन्सिलको परीक्षामा सय प्रतिशत विद्यार्थी उत्तीर्ण

Higher Education News, Special News Highlights
जुम्ला  । नेपाल मेडिकल काउन्सिलको परीक्षामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विपिएच पहिलो व्याच एकसय प्रतिशत उत्तीर्ण भएका छन् । मेडिकल काउन्सिलले सार्वजनिक गरेको नतिजामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका जनस्वास्थ्य स्नातक तह – विपिएच) पहिलो व्याचका परीक्षामा संलग्न सबै विद्यार्थीहरु उत्तीर्ण भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लाले जनाएको छ । प्रतिष्ठानका जनस्वाथ्य डिन मुनीराज क्षेत्रीका अनुसार नेपाल मेडिकल काउन्सिलको वैशाख १३ गते प्रकाशित नतिजा अनुसार लाईसेन्स परीक्षामा सहभागी १७ जनानै उत्तीर्ण हुन सफल भएका छन् । उहाँका अनुसार नेपालभरी परीक्षामा सहभागी तीन सय ५२ जना परीषार्थीमध्ये एक सय ८० जना ( ५४ प्रतिशत) उत्तीर्ण भएका छन् । तर कर्णाली प्रतिष्ठानका १७ जना नै उत्तीर्ण भएका हुन् । १७ जनामध्ये ५ जना छात्रा परीक्षार्थी छन् । कर्णा
अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केकोः सुरेश श्रेष्ठ

अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केकोः सुरेश श्रेष्ठ

School Education, Special News Highlights
सन्जिब दुलाल, भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताउनुभएको हो । कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी सङ्ख्या तुलना गर्ने हो भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने बताउनुभयो । सरकारी विद्यालयमा सरकारले लगानी गर्छ जुन हाम्रो खल्तीको नै पैसा हो कर आदिका नाममा यो घुमेर शिक्षामा लगानी भएको छ तर हामीले त्यही सरकारी विद्यालयलाई बेवास्ता गर्दा शि
सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने महावीर पुनको चेतावनी

Top Feature News
जनादेश, काठमाण्डौं ।  राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरेका छन् । ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्न
शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग

शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग

Higher Education News, Special News Highlights, Top Feature News
काठमाडौं । शैक्षिक परामर्श केन्द्रहरुले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ खारेज गर्न माग गरेका छन् । विद्यार्थीहरुले रोजेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रममा रोक लगाउन सक्ने भएकाले सरकारकाले हालै ल्याएको निर्देशिका खारेज गर्नुपर्ने उनहिरुको भनाइ छ । बिहीबार पत्रकार सम्मेलन गर्दै शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिमूलक संगठनहरुले विदेश पढ्न जानेहरुका लागि विदेशका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमहरु सूचीकृत गर्ने समितिमा शैक्षिक परामर्श केन्द्रहरुको प्रतिनिधित्व नगराइएकामा आपत्ति जनाए । ईक्यानका अध्यक्ष प्रकाश पाण्डेले वैदेशिक अध्ययन परामर्श केन्द्रहरु सूचीकृत गर्ने समितिमा प्रतिनिधित्व गराउन नचाहनुले निर्देशिका सही मनसायबाट ल्याएको नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘जसले अहिलेसम्म वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुको सहजीकरण गरिरहेका छन्, उनीहर
सुदूरपश्चिम विश्वविद्यालयमा तीनदिने फिल्म फेस्टिभल शुरु

सुदूरपश्चिम विश्वविद्यालयमा तीनदिने फिल्म फेस्टिभल शुरु

Higher Education News
कैलाली । आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ । नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताइन् । “महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ”, डा जोलीले भनिन्, “यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताइन् । सुदूरपश्चिम विश्वविद्यालय कानून सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएक
राष्ट्रिय सूचना प्रविधि केन्द्र डाटा हराएकोमा दोष पन्छयाउँदै

राष्ट्रिय सूचना प्रविधि केन्द्र डाटा हराएकोमा दोष पन्छयाउँदै

From Today's Newspaper, ICT News
काठमाडौँ लोकसेवा आयोगसहित करिब ६० वटा सरकारी निकायको डाटा हराउनुमा सेवा प्रदायक, हार्डवेयर तथा सर्भर प्रदायकका साथै सेवाग्राहीको समेत कमजोरी देखिएको छ । यी तीन निकायबीच डाटा संवेदनशीलताको विषयमा उचित समन्वय र छलफल नहुँदा यस्तो देखिको हो । राष्ट्रिय सूचना प्रविधि केन्द्रले सञ्चालन गर्ने गरी ओराकल कम्पनीले सरकारी सेवाग्राहीको डाटा राख्ने गरेको थियो । तर सर्भरमा समस्या आउँदा (लक हुँदा) डाटा नै हराएको समाचार आएपछि तीनवटै निकाय आफ्नो कमजोरी अरूमा पन्छाउन लागेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक सफल श्रेष्ठले लोकसेवालगायतका निकायहरूको डाटा हराउनुमा ओराकलको सर्भरमा समस्या देखिनु नै प्रमुख कारण रहेको बताउनुभयो । उहाँले आफूहरूले सेवाग्राहीको आग्रहमा डाटाको संवेदनशीलताअनुसार ब्याकअप गर्ने गरेको तर आयोगले डाटा संवेदनशीलताको विषय आफूहरूलाई बुझाउन नसक्दा यस्तो समस्या आएको उल्
बलिउड फिल्म उँचाईले फिल्मफेयरमा सात विधामा नोमिनेशन

बलिउड फिल्म उँचाईले फिल्मफेयरमा सात विधामा नोमिनेशन

Entertainment, International, Photo News
मुम्बई : सगरमाथा आरोहण विषयमा केन्द्रित रहेको बलिउड फिल्म उँचाईले फिल्मफेयरमा सात विधामा नोमिनेशनमा परेको छ। नेपालमा समेत छायाँकन गरिएको फिल्म फिल्मफेयरको ६८औं संस्करणका लागि नोमिनेशनमा परेको हो। बलिउडहंगामाका अनुसार सर्वश्रेष्ठ फिल्म, सर्वश्रेष्ठ निर्देशक, सर्वश्रेष्ठ अभिनेता पुरुष, सर्वश्रेष्ठ संगीत, सर्वश्रेष्ठ कथा र सर्वश्रेष्ठ सम्बाद विधानमा नोमिनेशनमा परेको हो। फिल्मलाई सुरज बर्जत्याले निर्देशन गरेका हुन्। गत नोभेम्बर ११ मा रिलिज भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा, निना गुप्ताको मुख्य अभिनय रहेको थियो। फिल्मले औषत ब्यापार गरेको थियो।