Educationpatra, Author at Education Patra | Page 52 of 62

Author: Educationpatra

हराए सरकारी निकायका डाटा

हराए सरकारी निकायका डाटा

From Today's Newspaper, ICT News
काठमाडौँ । लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा समस्या देखिएपछि लोकसेवा आयोगलगायत करिब ६० वटा सरकारी निकायको डाटा हराएको हो। डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भए पनि ‘डाटा रिकभर हुने/नहुने यकिन गर्न सकिने अवस्थामा नरहेको’ जवाफ केन्द्रले सम्बन्धित निकायलाई दिएको बताइएको छ। लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तीन महिनायता आयोगले पुरानो ब्याकअपबाट काम चलाउँदै आएको जनकारी दिनुभयो। “कात्तिक, मङ्सिर र पुसको डाटा अहिले आयोगसँग छैन। यस अवधिमा करिब चार लाख दरखास्त परेका थिए,” उहाँले भन्नुभयो, “नयाँ खाता बनाएर दरखास्त दिने करिब १६ हजारको डाटा हामीसँग केही पनि छैन। आयोगले केन्द्रसँग यस वर्षको सबै डाटा चाँडो रिकभर गर्न पत्राचारका साथै दबाब दिइरहेको छ तर केन्द्रले ‘प्रयास गरिरहेको छौ
डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता

डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता

Main News, Special News Highlights
काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो । गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । तर चौतर्फी विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ । कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर
उद्यमी बनाउने सीपमूलक शिक्षा

उद्यमी बनाउने सीपमूलक शिक्षा

Thought/Blog
सुरज कुँवर । अहिले १२ पास भएका होटल म्यानेजमेन्टका विद्यार्थीले जापानको भाषा तालिम लिएका छन् भने मासिक २ हजार डलरको अफर आइरहेको छ । दुई दशकअघि होटल म्यानेजमेन्ट पढ्न भारत गएका काठमाडौं सिफलका सञ्जीव थापा आफूले अध्ययन गरिरहेको विषयबारे खुलेर भन्न सक्दैनथे । उनको टोलमा उनले पढिरहेको विषयबारे गफ हुँदा स्थानीय नाक खुम्च्याउँथे । तर, आज समय बदलिएको छ । सञ्जीव भारतमा होटल व्यवस्थापन सकेर काठमाडौं फर्किएपछि लाजिम्पाटको पाँचतारे र्‍याडिसन, बौद्धको हयात हुँदै बुढानीलकण्ठको पार्कभिलेज होटलमा पुगे । त्यहाँबाट अहिले उनी काठमाडौंको हटस्पट मानिने चन्द्रागिरि केवलकार तथा पाँचतारे रिसोर्टको महाप्रबन्धक छन् । ‘समय बदलियो अब आतिथ्य सत्कार नेपालमा फ्रन्टलाइनको पेसा भइसक्यो । पहिले जस्तो काठमाडौंका तारे होटल तथा रिसोर्टमा सेफ र होटलका जीएममा भारतीयलगायतका विदेशी छैनन्,’ उनले भने ।
विद्यार्थी नभएपछि विद्यालय समायोजन

विद्यार्थी नभएपछि विद्यालय समायोजन

Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ ।  वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । “गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ”, उनले भने । यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त
शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । संघको छैठौं राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । अधिवेशनबाट विजभिन्न १३ वटा विषयहरू पारित गरेको छ । संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ । वैशाख २ गते काठमाडौंमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानार्कषण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो ।  
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ। ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो। “आन्तरिक उत्पादन न्यून भएकाले ठूलो मात्रामा वस्तु आयातका कारण व्यापारघाटा चुनौतीकै रूपमा रहेको छ। अर्कोतर्फ मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन बढ्दो छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो। प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्न नसकेको र महत्वपूर्ण आयोजनाको कार्यान्वयन सुस्त रहेका बारे हालै आफ्नो अध्यक्षतामा राष्ट्रिय विका
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रवार विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने

काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रवार विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने

Main News, School Education
काठमाडौँ । शुक्रबारदेखि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने भएका छन्। हरेक शुक्रबार विद्यार्थीले पाठ्यपुस्तकमा समेटिएकोभन्दा फरक विषय अध्ययन गर्न पाउनेछन्। नयाँ विषयको सिकाइले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने घरायसी समस्या समाधान गर्न सक्षम बनाउनेछ। महानगरपालिकाले यसलाई ‘पढाइमा सीप’ कार्यक्रम नामाकरण गरेको छ। यस कार्यक्रमअन्तर्गत कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीलाई विभिन्न १० वटा विषयमा आधारित रहेर सीपमूलक शिक्षा प्रदान गरिनेछ। पहिलो वर्ष कक्षा ९ मा यस्तो तालिम सञ्चालन गरिनेछ। यस दिन अन्य कक्षाका विद्यार्थीलाई भने शिक्षकले पढाइको सट्टा विषयगत रूपमा रचनात्मक क्रियाकलापमा सहभागी गराउनुपर्नेछ। कक्षा ९ का विद्यार्थीलाई लक्षित गरेर ल्याइएको पढाइमा सीप कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिम प्रदान गरिनेछ। कृषि, ह