Educationpatra, Author at Education Patra | Page 58 of 62

Author: Educationpatra

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल

नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल

Banner News, Main News, Top Feature News
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आइतबार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको सम्मान कार्यक्रममा बोल्नुहुँदै शिक्षामन्त्री खानालले सो कुरा बताउनुभएको हो । उहाँले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थीहरु नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्राथमिक र आधारभूत विद्यालय तहमा नै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने भयो । मन्त्री खनालले नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोही अनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । शिक्षामन्त्री खनालले भन्नुभयो, ‘‘हामी नेपाललाई नै यस
त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरूआन्दोलित

त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षका विद्यार्थीहरूआन्दोलित

Banner News, Main News, Top Feature News
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत देशैभरका विद्यार्थीहरू आन्दोलित बनेका छन् । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेसँगै उनीहरू आन्दोलित बनेका हुन् । उनीहरुले परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी समेत गरेका छन् । चौथो वर्षको परीक्षा तालिकालाई पुनरावलोकन गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् । आन्दोलनको नेतृत्व गर्दै आएका धर्मराज खनालले नीति, नियम र प्रक्रियालाई मिचेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको बताए । ‘टियुको प्रचलित पद्धति छ । हिजोका दिनहरुबाट जुन अभ्यास हुँदै आएको थियो । नीति, नियम र प्रक्रियालाई मिचेर अप्रत्याशित रुपमा स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरिएको छ । त्यसमा हामीले विरोध गरिरहेका छौं,’ उनले भने । परीक्षा
१३ औं राष्ट्रिय स्तरको सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतिस्पर्धा सम्पन्न

१३ औं राष्ट्रिय स्तरको सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतिस्पर्धा सम्पन्न

Banner News, Main News, Special News Highlights, Top Feature News
काममाडौं । १३ औं राष्ट्रिय स्तरको सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतिस्पर्धा सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ विद्यार्थी समाज नेपाल (सेस नेपाल) ले आयोजना गरेको तीन दिने कार्यक्रम सम्पन्न भएको हो । उक्त प्रदर्शनीमा देशभरका सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । ‘दिगो विकास र समृद्धि नेपालको लागि प्रविधि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनी तथा प्रतिस्पर्धामा पेपर ब्रिज कम्पिटिसन, अर्थक्वुईक सेक टेबल कम्पिटिसन, बीई मोडल कम्पिटिसन लगायतका प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले निर्माण गरेका विभिन्न प्रदर्शनीहरु समेत प्रदर्शनको लागि राखिएको थियो । प्लस टु लेभलको क्वुइज प्रतियोगिता समेत गराइएको थियो । राष्ट्रियस्तरको आईडियोथन प्रतियोगिता समेत गराइएको थियो । कोरोना महामारीपछि पहिलो पटक आयोजना गरेको प्रदर्शनी
त्रिभुवन विश्वविद्यालयका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर

त्रिभुवन विश्वविद्यालयका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर

Banner News, Higher Education News, Main News, Special News Highlights
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो ।  परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो । तीन वर्षे स्नातक तहका सबै कार्यक्रम बन्द भइसहेका छन् । हाल स्नातक तह चार वर्षे छ । कतिपय विद्यार्थीहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको सबै सैद्धान्तिक विषय उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र बाँकी रहेको भन्दै पनिकाले २०५३ साल देखिकालाई अन्तिम मौका दिइएको हो । सात वर्ष समय सीमा नाघी सकेका विद्यार्थीहरूको लाग