Educationpatra, Author at Education Patra | Page 59 of 62

Author: Educationpatra

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

सरकारको नीति-नियमको धज्जी उडाउँदै विदेशी शैक्षिक मेला संचालन

Banner News, From Today's Newspaper, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति बेगर कुनै पनि शैक्षिक मेला आयोजना गर्न नपाइने सूचना जारी गरिएको भए पनि एक भारतीय शैक्षिक परामर्श संस्थाले वीरगंज र काठमाडौँमा मेला आयोजना गर्ने भएको छ। शिक्षा मन्त्रालयले यस अघि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ को हवाला दिँदै यस्ता प्रदर्शनी गर्नुपर्ने भए मन्त्रालयसँग स्वीकृति लिई आयोजना गर्नुपर्ने सूचना केही समय अघि जारी गरेको थियो। यही निर्देशिकामा विदेशी शैक्षिक संस्थाले शैक्षिक मेला नेपालमा आयोजना गर्नुपरेमा शिक्षा मन्त्रालयको स्वीकृतिसाथै नेपालका स्थानीय शैक्षिक परामर्श दातृ निकायसँग समन्वय गरी मात्र मेला संचालन गर्ने व्यवस्था समेत गरेको छ। सो सूचनाको धज्जीया उडाउँदै गाजियाबाद उत्तर प्रदेश भारतले नेपालमा शैक्षिक मेलाको आयोजना गर्ने भन्दै नेपालको एक राष्ट्रि
क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

क्याम्पस प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी पक्राउ परेका छन् ।क्याम्पस प्रमुख बरालको राजीनामा पत्र आफैँले तयार पारी जबरजस्ती हस्ताक्षर गर्न लगाएर ट्याक्सीमा हाली कीर्तिपुरतर्फ लैजाँदै गर्दा जोशी पक्राउ परेका हुन् । उक्त क्याम्पसमा ‘पासआउट’ भइसकेका जोशी नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य समेत हुन । उनलाई प्रहरीको कालीमाटी वृत्तले पक्राउ गरी सोह्रखुट्टै वृत्तलाई अनुसन्धानका लागि हस्तान्तरण गरेको छ । काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले राजीनामा दिन धम्क्याएर बन्धक बनाउन कोसिस गरेको भन्ने क्याम्पस प्रमुखको उजुरीपछि आफूहरूले अनुसन्धान थालेको बताए ।
शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुनु हुदैन: अध्यक्ष नारायणमान बिजुक्छे

Banner News, Higher Education News, Main News, Top Feature News
एजुकेशनपत्र, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले शैक्षिक संस्थाहरूमा तालाबन्दी तथा तोडफोडका घटना हुन नहुनेमा जोड दिएका छन्। भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको वार्षिकोत्सवका अवसरमा उनले शैक्षिक संस्थाहरूमा यस्ता खालका घटनाहरू हुन नहुनेमा जोड दिएका हुन्। प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए। साथै उनले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्न आवश्यक भएको बताएका छन्।
प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा विद्यालय भवनको उद्घाटन

Banner News, Main News, School Education, Special News Highlights
चौतारा, माघ २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले नवनिर्मित भवन नेपाल सरकारमार्फत समुदायलाई हस्तान्तरण समेत गर्नुभएको थियो  । सो समारोहमा  पूर्वसभामुख अग्निप्रसाद सापकोटा,सांसदद्वय माधव सापकोटा र  मोहनबहादुर बस्नेत, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, समीर तामाङ, मसिना खड्का भण्डारी, अमृता नेपाललगायतको सहभागिता थियो । नवनिर्मित विद्यालयको अत्याधुनिक सुविधायुक्त भवन ‘चिनियाँ मोडेल’ का छन् । एकै विद्यालयमा छ आधुनिक भवन निर्माण गरिएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको छ ।