Jandesh Nepal, Author at Education Patra | Page 100 of 173

Author: Jandesh Nepal

स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर पक्राउ

स्रोत नखुलेको रकमसहित कम्प्युटर अपरेटर पक्राउ

Uncategorized
जनादेश बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको भेरी अस्पताल बाँकेमा कार्यरत कम्प्युटर अपरेटर अरुणराज खनाललाई पक्राउ गरेको छ । आयोगको नेपालगञ्जबाट गएको टोलीले खनाललाई रु १६ लाख १३ हजार ९७५ बराबरको स्रोत नखुलेको नगदसहित निजको कार्यकक्ष नजिकैबाट पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो । खनालले विभिन्न फर्म तथा पसलबाट लिएको कमिशनबापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको थियो । रासस
कमल गाउँलेको के के हुने हो सार्वजनिक

कमल गाउँलेको के के हुने हो सार्वजनिक

Main News
चन्द्रप्रकाश नेपाली घोराही। हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा तयार पार्नुभएको के के हुने हो भन्ने गाईजात्रे गितको आज घोराहीमा बिमोचन समेत गरिएको छ । उक्त गितको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो । उक्त गाईजात्रे गितमा भ्रष्टाचार, अनियमितता, रोग, भोक, राजनिति, नेताको प्रबृत्ती, आन्दोलन, सत्ता लगाएतका बिषयलाई व्यंग मार्फत चित्रित गरिएको छ । कार्यक्रममा बोल्दै कमल गाउँलेले २०५७ साल देखी आफुले निरन्तरत गाईजात्रे गितहरु बजारमा ल्याएको बताउनुभयो । गित, कला र व्यंग्य मार्फत समसामयी विषयलाई उजागर गर्दै सुशासन कायम गर्ने आफ्नो उदेश्य रहेको बताउनुभयो । देशमा असल मान्छे, असल प्रबृत्ती र सुशासन कायम होस भन्ने उदेश्यका साथ व्यंग्यात्मक ढंगबाट गाईजात्रालाई आफुले गितमा जोडेक
पोखरामा गुड्न थाले नगरबस

पोखरामा गुड्न थाले नगरबस

Uncategorized
जनादेश पोखरा । पोखरामा आजदेखि नगर बस गुड्न शुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न शुरु गरेका हुन् । पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये आज करिब आधा नगरबस सञ्चालनमा आएका छन् । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर आज करिब आधा बस सञ्चालनमा आएका जानकारी दिनुभयो । गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गु