Jandesh Nepal, Author at Education Patra | Page 101 of 173

Author: Jandesh Nepal

जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

International, Main News
जनादेश काठमाण्डौ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ््क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्
धानसंग खुसी साट्दै आमा !

धानसंग खुसी साट्दै आमा !

Photo News
जनादेश काठमाण्डौ । भक्तपुरको सूूर्यविनायक नगरपालिकाको चित्रपुरस्थित खेतमा किसान धान गोड्दै गरेको तस्बिर लिने क्रममा छेउमै उभिएर बसेकी वृद्धा रमाएर नाच्दै । तस्वीर ः रत्न श्रेष्ठ/रासस
लोकमार्गमै सुत्केरी

लोकमार्गमै सुत्केरी

Uncategorized
पहिरो खसेर सडक अवरुद्ध भएपछि बाटोमै स्वास्थ्यकर्मीको सहयोगमा छोरी जन्माएकी बडिगाड गाउँपालिका–१ मनिता घर्तीलाई थप उपचारका लागि धौलागिरि अस्पताल ल्याइँदै । मध्यपहाडी पुष्पपाल लोकमार्गको बागलुङ नगरपालिका–३ बोक्सेमा पहिरो खसेर तीन दिनदेखि सडक अवरुद्ध भएको छ । तस्वीर ः खेमराज गौतम/रासस
कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ

कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना न्युन छ : डब्ल्यूएचओ

International
जनादेश, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाविरुद्धको खोप सन् २०२१ भन्दा अघि आउँने सम्भावना कम रहेको बताएको छ । डब्ल्यूएचओका इमेर्जेन्सिज प्रोग्रामका प्रमुख माइक रयानले कोरोनाको खोप निर्माणमा प्रगति भइरहे पनि २०२१ भन्दा अघि खोपको निर्माण हुने अपेक्षा गर्न नसकिने बताएका छन् । महामारीको यस घडिमा कोरोना भाइरस नियन्त्रणको लागि कडा कदम चाल्नु नै महत्वपूर्ण रहेको रयानले जनाएका छन् । यस्तै, डब्ल्यूएचओले खोप निर्माणपछि सबै मुलुकमा न्यायोचित वितरण होस् भन्ने सुनिश्चित गर्नको लागि काम गरिरहेको समेत उनले जानकारी दिए । विभिन्न मुलुकमा निर्माण भएको खोप परीक्षण भइरहे पनि अहिलेसम्म कुनै खोप पनि सुरक्षा र प्रतिरोधी क्षमता विकासको मामिलामा सफल नदेखिएको रयानले जनाए ।
मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

मौद्रिक नीतिले हस्तकला व्यवसायलाई सम्बोधन

Uncategorized
जनादेश काठमाण्डौ । वार्षिक रु २० अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको हस्तकला व्यवसायलाई आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले सम्बोधन गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण धरासायी बनेको हस्तकला व्यवसायलाई मौद्रिक नीतिले थोरै भएपनि सम्बोधन गरेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदी आर्थिक वर्ष २०७७/७८ को बजेटमा गरिएका व्यवस्था कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी व्यवहारिक विषयवस्तुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य कदम भएको बताउनुहुन्छ । “कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा व्यवस्था गरिनु, असारसम्म भुक्तानी अवधि भएका डिमान्ड लोन, क्यास क्रेडिट आगामी पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने व्यवस्था
आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो

आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ४३ पुग्यो

Uncategorized
जनादेश, काठमाडौं । आज मात्रै थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १५६ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । नेपालमा हालसम्म ४३ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ८१ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
त्रिविका सबै परीक्षा दशैँ अघि

त्रिविका सबै परीक्षा दशैँ अघि

Main News
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका ९पनिका० परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उहाँले भन्नुभयो, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।” यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उहाँले दशैँ अगाडि रोकिएका नै सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिनुभयो । त्रिविले चाँडै नै प