Jandesh Nepal, Author at Education Patra | Page 104 of 173

Author: Jandesh Nepal

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे

Main News
जनादेश, काठमाडौँ । स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । पुतलीबजार नगरपालिका २ काभ्रे बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् । अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
किसानले पाए प्रोत्साहन रकम

किसानले पाए प्रोत्साहन रकम

Uncategorized
भरतपुर  । चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिनुभयो । प्रतिहेक्टर रु छ हजारका दरले भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी र कालिका नगरपालिकाका किसानलाई रु ३५ लाख ३२८ रकम हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । विगतमा गरिएको खेतीका आधारमा किसानलाई रकम उपलब्ध गराइएको हो । लाभान्वित समूहबाट ६६, सहकारीबाट ५४ र उद्यमीबाट ४६ किसानले अनुदान रकम प्राप्त गरेका छन् । केराखेती गर्ने किसानलाई प्रतिफलका आधारमा अनुदान गर्ने योजना रहेको परियोजनाका कार्यान्वयन प्रमुख तथा वरिष्ठ कृषि अधिकृत म
गोरखा-आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन

गोरखा-आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन

Uncategorized
गोरखा । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो । सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साना–ठूला गरेर २०र२५ पहिरो सडकमा खसेका थिए, खैरेनीतर्फबाट एक्साभेटर र गोरखातर्फबाट डोजरको सहायताले दिनभर लगाएर सडक पन्छाइएको हो । अन्य ठाउँको पहिरो सबै क्लियर भयो, एघारकिलोको हकमा अस्थायीरूपमा ह्युमपाइप राखेर भएपनि सडक सञ्चालन गरिएको छ । उक्त सडकखण्डको सातकिलो र आठकिलो भन्ने स्थानमा दुई ठूला पहिरो खसेका थिए । जसले गर्दा जिल्ला प्रवेश गर्ने मुख्य सडकमार्ग नै दुई दिनदेखि अवरुद्ध थियो । त्यस्तै वडा नं ११ को एघारकिलो क्षे
पूर्व डिआइजी कोइराला थुनामुक्त

पूर्व डिआइजी कोइराला थुनामुक्त

Uncategorized
जनादेश, काठमाडौँ । श्रीमतीको हत्या गरी जेल सजाय भोग्दै आएका पूर्व डिआइजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको विभत्स हत्यापछि पक्राउ परेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले जन्मकैद फैसला सुनाएको थियो । तर सर्वोच्च अदालतले घटनामा मृतकको समेत गल्ति रहेका देखाउदै जन्म कैद सजाय घटाएर ८ वर्ष ६ महिना बनाएको थियो । यस सजाए अनुसार कोइराला आज डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन् । कोइरालाले साँढे ८ वर्ष अघि श्रीमती गीता ढकालको हत्या गरी शव प्लाष्टिकमा पोको पारी मकवानपुरको जंगलमा लगेर जलाएका थिए । यो पनि पढ्नुहोस् :http://janadeshdaily.com/2266/
भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

भारतमा कोरोनाबाट एकैदिन १ हजार १२० जनाको मृत्यु

International
जनादेश, काठमाडौँ । साउथ एसियाकै सबैभन्दा कोरोना प्रभावित मुलुक भारतमा गत २४ घण्टामा कोरोनाबाट १ हजार १२० जनाको मृत्यु भएको छ । सयसँगै भारतमा मृत्यु हुनेको संख्या २९ हजार ८९० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५९९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १२ लाख ३९ हजार ६८४ पुगेको छ । विश्वमा सबैभन्दा कोरोना प्रभावित मुलुकको सुचीमा भारत तेस्रो स्थानमा रहेको छ ।
गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

Uncategorized
जनादेश, काठमाडौँ । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका दुई जना, कास्कीका दुई जना र स्याङ्जाका एक जनामा कोरोना संक्मण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै, गण्डकी प्रदेशमा हालसम्म १ हजार ३ सय ५० जना कोरोना संक्रमित मध्ये भेटिएका छन् । जसमध्ये १ हजार ९१ जना कोरोना मुक्त भएका छन् ।
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार ५ सय

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ९४ हजार ५ सय

Uncategorized
जनादेश, काठमाडौँ । बिहिवार सुनको भाउ प्रति तोला ५ सयले बढेको छ । बुधबार प्रति तोला ९४ हजारमा कारोबार भएको सुनको भाउ पाँच सयले बढेर आज प्रति तोला ९४ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार प्रति तोला एक हजार १३५ रुपैँयामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार १४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।