Jandesh Nepal, Author at Education Patra | Page 105 of 173

Author: Jandesh Nepal

स्रोत नखुलेको रु २० लाख नगदसहित एक पक्राउ

स्रोत नखुलेको रु २० लाख नगदसहित एक पक्राउ

Uncategorized
जनादेश लहान । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो । भारततर्फबाट आउँदै गरेका ठाकुरलाई शङ्का लागेर चेकजाँच गर्दा सो रकम भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको जनाएको छ । ज्ञान केन्द्र स्थापन गरिने प्रदेश २ सरकारले प्रदेशको आठवटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र स्थापना गर्ने भएको छ । हाल कृषि ज्ञान केन्द्र नरहेका सिरहा र महोत्
सार्वजनिक सवारीसाधन सञ्चालनमाः नागरिक खुसी

सार्वजनिक सवारीसाधन सञ्चालनमाः नागरिक खुसी

Uncategorized
जनादेश काठमाण्डौ । झण्डै चार महिनादेखि थन्किएका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जानकारी दिएको छ । पहिलो दिन बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आए पनि तीनमा यात्रु कम मात्रै देखिएको छ । अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ । सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए । अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन् । चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गर
पहिरो पन्छाउने काम तीव्र

पहिरो पन्छाउने काम तीव्र

Main News
जनादेश धादिङ । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इ कृष्णराज अधिकारीका अनुसार मौवाखोलामा बुधबार बिहान खोला मूलधारमा पठाएर जालीको पर्खाल लगाउन थालिएको छ । विङवाल अर्थात पखेटे पर्खाल लगाउने काम राति अबेरसम्म गरिएको थियो । दिनभर ४२ जना मजदूरले पर्खाल लगाउने काम गरेका थिए । दिउँसोको समयमा नेपाली सेनाले पनि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । आज बिहान सबेरैदेखि कामलाई निरन्तरता दिइएको छ । नुवाकोटबाट जालि झिकाएर स्थानीय ढुङ्गा भरेर पर्खाल लगाउने काम भइरहेको छ । दिनभरमा धेरै काम सम्पन्न हुने अपेक्षा गरिएको छ । कार्यालय प्रमु
‘अबको तीज नो व्रत प्लिज’लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’मा

‘अबको तीज नो व्रत प्लिज’लाई हाइलाइट्ले राख्यो ‘प्राइभेट’मा

Uncategorized
'उहाँहरुको सहमति नभइन्जेल प्राइभेट गरेका हौं,' हाइलाइट्स काठमाडौँ । युट्युब च्यानल हाइलाइट्स नेपालले आइतबार सार्वजनिक भएको गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज'लाई युट्युबमा प्राइभेटमा राखेको छ । पछिल्लो समय गीतले धार्मिक आस्थालाई आघात पुर्‍याएको भन्दै हिन्दु धार्मिक संगठनका व्यक्तिहरुले गीत हटाउन गायिका र युट्युब च्यानललाई दबाब दिएका थिए । धार्मिक संगठनहरूले युट्युब च्यानललाई पत्र पठाएपछि आफूहरुले गीत प्राइभेट गरेको हाइलाइट्स नेपालका जनक तामाङले भने । 'हिन्दु जागरणबाट चिठ्ठी आएको छ हटाउनु भनेर । प्राइभेटमा राखिएको हो ।उहाँहरुको जबसम्म सहमति हुँदैन तबसम्म गीत प्राइभेट राख्ने निर्णय लिएका हौं ।' लगातार गीत हटाउन दबाब सहेकी गायिका सोफिया अहिले आफू शून्य अवस्थामा रहेको बताइन् । 'म शून्य छु । अहिले आएर कस्तो तनाव दिने गीत रहेछ त, कस्तो तरंग ल्याउने सिम्पल गीत रहेछ भनेर
गाउँमा बाँदरको बिगबिगी

गाउँमा बाँदरको बिगबिगी

Uncategorized
जनादेश पोखरा  । पोखरा महानगरपालिका–३१ बेगनासको कोटबारीमा बाँदरको बिगबिगी । केही समयदेखि उक्त स्थानमा बाँदरको बिगबिगी हुन थालेपछि स्थानीयवासीलाई खेतीपाती लगाउन र जोगाउन समस्या भएको छ । तस्वीर ः राधिका कँडेल/ रासस
युरिया मल छर्कदै

युरिया मल छर्कदै

Uncategorized
जनादेश काठमाण्डौ । कञ्चनपुरको कलुवापुरका किसान धान रोपेको खेतमा युरिया मल छर्कदै । अनुदानको युरिया मल नपाउँदा किसानले भारतबाट मल ल्याएर छर्कन थालेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस