Jandesh Nepal, Author at Education Patra | Page 106 of 173

Author: Jandesh Nepal

कोरोना प्रभावितलाई खाद्यान्न सहयोग

कोरोना प्रभावितलाई खाद्यान्न सहयोग

Uncategorized
जनादेश काठमाण्डौ । मुस्ताङको लोमन्थाङमा सञ्चालित पाल ऐ हाम नामग्याल गुम्बा(विद्यालय)ले पोखरा महानगरपालिका–१४ भित्रका कोरोना प्रभावित ६० घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पठपाठनसँगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउँदै आएको सो गुम्बाले बन्दाबन्दीका कारण दैनिकी सञ्चालनमा समस्या परेका घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो । पोखरा १४ को विजय बस्ती , बेलचौतारा, रातो डाँडा, विजयपुर, आनन्द, घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा बस्दै आएका भूमिहीन तथा दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसाधारणलाई खाद्यान्न उपलब्ध गराएको गुम्बाका प्रधानाध्यापक ग्याचो लामाले जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापामगरको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । यसअघि गुम्बाले कोरोना रोकथाम
कोहोला अब बाख्रा स्मार्ट गाउँ

कोहोला अब बाख्रा स्मार्ट गाउँ

Uncategorized
जनादेश बाँके । बाख्रा स्मार्ट गाउँ कार्यक्रम शुरु भएपछि बाँके र बर्दियाका बाख्रापालक किसान उत्साहित भएका छन् । दुई/चारवटा बाख्रा पाल्दै आएका किसानले बाख्रा स्मार्ट गाउँ कार्यक्रममा आबद्ध भएपछि बाख्राको सङ्ख्या थप्दै गएका छन् । साथै व्यावसायिकरुपमा बाख्रापालन समेत गर्न थालेका छन् । बाँकेको नरैनापुर गाउँपालिका–६ गङ्गापुरस्थित कोहोला गाउँमा सो कार्यक्रम शुरु भएपछि किसानले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेको स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो । उहाँले कोहोला गाउँ अब बाख्रा स्मार्ट गाउँको नामले चिनिँदै गएको बताउनुभयो । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यावसायिक रुपमै बाख्रा पालिरहेका छन् । हरेक घरका किसानले १२ देखि ५० वटासम्म बाख्रा पालेका छन् । बाख्रा पालन व्यवसायबाट गाउँका किसानलाई आर्थिकरुपमा सवल बनाउने योजनाका साथ जिल्लाको नरैनापुर र जानकी गाउँपालिका,