बाँकेमा लगानी भित्र्याउने चुनौती
जनादेश बाँके ।
बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा लगानीकर्ता भित्र्याउने चुनौती देखिएको छ । विसं २०३० मा स्थापना गरिएको नेपालगञ्ज औद्योगिक क्षेत्रले आफ्नो अधिनमा रहेको जग्गा उद्योग सञ्चालनका लागि विसं २०७१ सम्म २० वर्ष र २०७२ देखि ४० वर्षका लागि भाडामा दिँदै आएको छ ।
औद्योगिक क्षेत्रमा अहिले लक्ष्मी प्लास्टिक, टण्डन प्लास्टिक, शिखर प्लाई, विनोद मेटल, विजय मेटल, नेपालगञ्ज इञ्जिनीयरलगायत सानाठूला गरी ३३ उद्योग सञ्चालनमा छन् । वर्षौंदेखि औद्योगिक क्षेत्रको स्तरोन्नति नहुँदा सोचेजस्तो प्रतिफल प्राप्त गर्न नसकेको उद्योगीको भनाइ छ ।
यसले लगानीकर्ता भित्रिने सम्भावना पनि चुनौतीपूर्ण बन्दै गएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । औद्योगिक क्षेत्रबाहेक बाँकेको वैजनाथ गाउँपालिकामा प्रदेशस्तरको नौवस्ता औद्योगिक क्षेत्र निर्माणको चरणमा छ । औद्योगिक क्षेत्र निर्माणका क्रम शुरु