Jandesh Nepal, Author at Education Patra | Page 118 of 173

Author: Jandesh Nepal

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ

Uncategorized
गण्डकी, ६ साउन (रासस) ः कास्कीको अन्नपूर्ण गाउँपालिकाले घान्द्रुकको देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरेको छ । साहसिक खेल प्याराग्लाइडिङमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी उनीहरूलाई भित्र्याउने सोचका साथ त्यसको सञ्चालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । देउरालीबाट आलेडाँडासम्म प्याराग्लाइडिङका लागि उपयुक्त हुने देखिएका कारण यहाँ परीक्षण उडान गरी सम्बद्ध निकायबाट अनुमति लिने प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार साहसिक पर्यटनको सम्भाव्य क्षेत्र लुम्लेमा रक क्लाइम्बिङ, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङजस्ता पर्यटकीय गतिविधिका सम्भाव्यतालाई उजागर गरिने छ । गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक एवं पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने बताउँदै अध्यक्ष कुँवरले परम्परागत कला संस्कृ
क्षमताभन्दा तेब्बर कैदीबन्दी

क्षमताभन्दा तेब्बर कैदीबन्दी

Uncategorized
लमजुङ,  रासस ः लमजुङ बेँसीशहर नगरपालिका–८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका छन् । विभिन्न कसुरमा कारागारमा सजाय भुक्तान गर्दै आएका कैदी र आरोपित बन्दी गरी हाल ७५ जना कैदीबन्दीमध्ये ६९ जना कैदीबन्दी पुरुष रहेका छन् । महिलातर्फ भने १० जनाको क्षमता रहेकामध्ये हाल छ जना कैदी रहेका छन् । सोहीमध्ये ३२ जना कैदी पुरुष र छ जना कैदी महिला रहेका छन् भने ३७ जना थुनुवा पुरुष रहेको जिल्ला कारागारले जनाएको छ । कारागारका जेलर विष्णुप्रसाद पौडेलले भन्नुभयो, “यसरी क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानूनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्ब
मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी

Main News
दमौली,  (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताउनुभएको छ । अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताउनुभयो । नेता भण्डारीले भन्नुभयो, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” बिपीले सधँै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पु¥याउने भन्दै भण्डारीले
लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला

लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्छ ः डा कोइराला

Uncategorized
विराटनगर,  (रासस) ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र राष्ट्रियताका पक्षमा सबै दल एक जुट हुनुपर्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले मुलुुकको राष्ट्रियता अहिले सङ्कटमा परेकाले राष्ट्रियता, लोकतन्त्र तथा राजनीतिक स्थायित्वका लागि बिपी कोइरालाको विचार आज पनि महत्वपूर्ण रहेको बताउनुभयो । नेता कोइरालाले दलका राजनीतिक आस्था र विचार फरकफरक भए पनि राष्ट्रियताका पक्षमा भने सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पुस्तकालयका अध्यक्ष दीपक चापागाईंले बिपी देखाएको बाटामा काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो ।
हरियो चुरा र पोतेको पसलमा भीड

हरियो चुरा र पोतेको पसलमा भीड

Uncategorized
विराटनगर,  रासस ः बन्दाबन्दी भएपनि अहिले प्रदेश नं १ को राजधानी विराटनगर बजार यतिखेर पूरै हरियाली भएको छ । साउन महिनाको आगमनसँगै विराटनगरको बजार होस् वा भित्र गल्लीका शृङ्गार र कपडा पसलमा अहिले महिलाहरुलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडी खरीद गर्न भीड लागेको देख्न सकिन्छ । विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले कोभिड–१९ को महामारीका कारण गत वर्षभन्दा यस वर्ष साउन महिनामा आफ्नो व्यापार घट्को भएपनि सामाजिक दूरी कायम खरिद गर्ने क्रम वृद्धि भइरहको बताउनुभयो । न्यू दिदी शृङ्गार पसलका व्यापारी विपिनसिंह भण्डारीले गत वर्षभन्दा यो वर्ष बन्दाबन्दी, सार्वजनिक यातायात बन्द र कोभिडको डरत्रासले विगत वर्षहरुभन्दा व्यापार केही खस्केको भए पनि केही दिन पछि व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अहिले महिलालाई जरी भरेको चुरा, बुट्
मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन

मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन

Main News
जनादेश, काठमाण्डौ । सरकारले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो । प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ । त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ
काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने

काँग्रेसमा संस्थापन इतरबाट एक मात्र सभापतिको उम्मेदवार हुने

Uncategorized
काठमाडौँ,  रासस ः नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताउनुभएको छ । बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८औँ बिपी स्मृति दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले आफूहरुको समूहबाट को सभापतिको उमेदवार बन्ने भन्ने छलफल भइरहेको स्पष्ट पार्नुभयो । “कांग्रेसको नेतृत्व परिवर्तन गर्ने हो भने कसैले पनि म होइन, हामी भनेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीतिमा लागेपछि पार्टी सभापति हुने इच्छा सबैलाई हुन्छ भन्दै उहाँले अहिलेको अवस्थामा कांग्रेसमा नेतृत्व परिवर्तन आवश्यक रहेकाले वा इतर पक्ष एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री कोइरालाले काँग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको बताउँदै महाविधेशनको मिति तय भइसकेपछि त