Jandesh Nepal, Author at Education Patra | Page 126 of 173

Author: Jandesh Nepal

प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

प्रशासकीय अधिकृत र सबइञ्जिनीयर अख्तियारको नियन्त्रणमा

Uncategorized
जनादेश/ (रासस) काठमाण्डौ । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान रु एक लाख ५० हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । अपराह्न १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणका काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको आफ्नै कार्यकक्षबाट अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले राससलाई जानकारी दिनुभयो ।
लकडाउनमा बढ्यो महिला बेचबिखन, ४२ जनाको उद्दार

लकडाउनमा बढ्यो महिला बेचबिखन, ४२ जनाको उद्दार

Main News
जनादेश, काठमाडौँ । नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला नेपाल तथा भारतको बिभिन्न स्थानबाट मानव बेचबिखन गर्न लगेका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ४२ जनालाई नियन्त्रणमा लिएको छ । ब्युरोले गत चैत २६ गते शिवरात्रीका दिन काभ्रे पनौतीकी १३ बर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्रि गर्ने इशा श्रेष्ठ लगायत दुई जनालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ । त्यस्तै लकडाउनकै बेला असार १७ गते भारतबाट तेस्रो मुलुक कुवेत, इराक र साउदीमा काम लगाईदिने भन्दै काठमाडौ, पोखरा, बुटवल, दाङ हुंदै नेपालगन्ज नाकाबाट भारतको नयादिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाई राखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापन केन्द्रको सहयोगमा ६ जना महिलालाई उछार गरेको थियो । त्यसैगरी भारतको मनिपुरबाट २१ जना नेपाली य
डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

International
कानो, नाइजेरिया कानो, नाइजेरिया, (रासस-एएफपी) – अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ । यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् । लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेढ लाख घुससहित पक्राउ

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेढ लाख घुससहित पक्राउ

Main News
जनादेश, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् । आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।
प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा

प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा

Main News
झिमरुक, (रासस) ः प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । रोल्पा रुन्टिगढी गाउँपालिका– ५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, कविराम बस्नेत, गोवर्धन बुढामगर र ट्र्याक्टर चालक रोल्पाको त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको शव परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो । स्वर्गवारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२त ४२३४ नं को ट्र्याक्टर दुर्घटना हँुदा भिङ्ग्री –स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको थियो । ट्र्याक्टरमा सवारमध्ये रोल्
आगामी २४ घण्टा मुलुकभर नै वर्षा

आगामी २४ घण्टा मुलुकभर नै वर्षा

Uncategorized
काठमाडौँ, (रासस) ः मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएको छ । विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी वर्षाकोसमेत सम्भावना छ । त्यस क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपाल
सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ

सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ

Main News
जनादेश, काठमाण्डौ ।  सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक मधुसूदन सिलवाल पक्राउ परेको कुरा अनुसन्धान ब्युरो(सिआइबी)ले जनाएकोछ। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई एउटा मुद्दामा दुई वर्ष कैद र ३० लाख धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । सिलवालमाथि दुई ओटा बैङ्किङ कसुरका मुद्दा दायर भएको ब्युरो स्रोतले जानकारी दिएको छ । सिलवालमाथि कमसल धितो कर्जा लिएको अभियोग लागेको थियो ।
‘किसानसँग गाउँ सरकार कार्यक्रम’

‘किसानसँग गाउँ सरकार कार्यक्रम’

Main News
झिमरुक, (रासस) ः सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तररुपमा चलिरहेको छ । कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतीका लागि किसानलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए । चालू आवमा भने यस कार्यक्रममार्फत कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रुपमा लिइ रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । कोरोना सङ्क्रमणका समयमा भारत तथा तेस्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने,
नारायणगढ–मुग्लिन सडकमा पहिरो ःपन्छाउनै गाह्रो

नारायणगढ–मुग्लिन सडकमा पहिरो ःपन्छाउनै गाह्रो

Uncategorized
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै ।  
पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ

पत्रकार नहर्कीको गीतमा भिडियो सुटिङ

Uncategorized
जनादेश, काठमाण्डौ । पत्रकार अमर नहर्कीद्वारा शव्द सङ्कलन गरिएको ‘बिरानो देश’ गीतमा तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जल विद्युत परियोजनामा भिडियो सुटिङ गर्दै कलाकारहरु । करिब दुई दशकदेखि सञ्चार क्षेत्रमा लाग्नु भएका पत्रकार नहर्कीले गीतमार्फत वैदेशिक रोजगारीको क्रममा नेपालीले भोग्नु परेको पीडाको बारेमा सन्देश दिन खोजिएको छ । तस्वीर ः सानेबहादुर नेपाली÷रासस