Jandesh Nepal, Author at Education Patra | Page 129 of 173

Author: Jandesh Nepal

मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा

मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा

Main News
चन्द्रप्रकाश नेपाली घोराही । दाङमा प्रहरीले चोरीका मोटरसाईकल सहित १४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट मोटरसाईकल सहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा घोराही १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुबास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् । त्यसैगरी, लमही ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताब बुढा, राजकुमार यादब, प्रियतम चौधरी र आयोज चौधरी चोरी गरेको मोटरसाईकल सहित पक्राउ परेका हुन् । उनिहरुले विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने, नम्बर प्लेट परिबर्तन गर्ने र बेच्ने समेत गर्दै आएको खुलेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलस
अमिताभलाई सर सम्बोधन नगर्दा कादर खानलाई फिल्मबाट हटाइयो

अमिताभलाई सर सम्बोधन नगर्दा कादर खानलाई फिल्मबाट हटाइयो

Uncategorized
न्युज अफ नेपाल, काठमाडौँ । बलिउडमा नेपोटिजमको व्यापक प्रश्न उठीरहेको बेला कादर खानले बोलेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सो भिडियोमा कादर खानले अमिताभ बच्च्नलाई सर भनेर सम्बोधन नगरेका कारण आफूलाई एक फिल्मबाट हटाइएको बताएका छन् । अमिताभ र आफबीच साथिको नाता भएका कारण सर सम्बोधन गर्न नसकेको उनले बताए । फिल्मको सेटमा एक व्यक्तिले आएर अमिताभलाई सर सम्बोधन गर्न सुझाब दिएको खानल बताएका छन् । उनले साथी साथीबीच सर सम्बोधन गर्न नसकेका कारण आफूलाई हटाइएको खुलासा गरेका छन् ।
धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

धितुङका किसानले शुरु गरे सामूहिक लिची खेती

Uncategorized
जनादेश, काठमाण्डौ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानले सामूहिकरूपमा व्यावसायिक लिची खेती शुरु गरेका छन् । लिचीको पकेट क्षेत्रका रूपमा विकास गर्न स्थानीय बरबोटे बिजवृद्धि कृषक समूहमा आबद्ध किसानले बन्दाबन्दीको अवधिमा बयाखुखोला नजिकैको २०० रोपनी जग्गा भाडामा लिएर दुई हजार बोटभन्दा बढी लिचीको बिरुवा रोपेका हुन् । गाउँमै केही गर्नुपर्छ भन्ने सोचका साथ धितुङका स्थानीय बासिन्दाले १५ वर्षदेखि बाँझिएको जग्गामा पलाएको झाडी फँडानी गरेर खाल्डो खनेर लिचीको बिरुवा रोपेका छन् । शहर बजारमा बसिरहेका युवा बन्दाबन्दीको समयमा गाउँ आएपछि सामूहिकरूपमा बाँझो जग्गामा लिची खेती शुरु गरेका हुन् । लामो समयदेखि बाँझिएको व्यक्तिको जग्गा भाडामा लिएर व्यावसायिकरूपमा लिची खेती लगाइएको कृषक समूहका अध्यक्ष राजेश राईले बताउनुभयो । “दिनेश राईको अध्यक्षतामा नौ सदस्यीय लिची पकेट सञ्चालन समिति बनाएर गाउँलाई लिची
पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

पच्चीस बिघा जमीनको धान गर्भैमा कुहिँदा किसान चिन्तित

Uncategorized
जनादेश,  रासस झापा । झापाको मेचीनगर नगरपालिका–१ स्थित बाहुनडाँगीको सारु गौडा भन्ने ठाउँका किसान २५ बिघा जमीनमा लगाएको धान मर्न थालेपछि चिन्तित बनेका छन् । धान रोपेको महिना दिनमै शुरुमा गुभो कुहिने र पछि बोटै मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । “रोपेको १५ देखि २० दिनभित्रमा धान हरियो देखिनुपर्नेमा सबै रातो देखिन्छ”, स्थानीय ४३ वर्षीय किसान सुवेदबहादुर भुजेल टाउकोमा हात राख्दै भन्नुहुन्छ, “गर्भैमा रोग लाग्यो, सबै धान सखाप भयो अब के खानु ।” उहाँलगायत सारु गौडाका अन्य १० जना किसानले २५ बिघा जमीनमा लगाएको धानमा यो समस्या देखा परेको छ । महँगो खनजोत, मल र बीउको प्रयोग गरी रोपेको धान सुकेपछि किसानमा थप चिन्ता बढेको छ । उहाँले गत वर्ष पनि धानमा सो समस्या देखा परेको र औषधि छिट्दा ठीक भएको बताउँदै भन्नुभयो, “धानको गुभोमा लाभ्रेजस्तो किरा देखियो, औषधि छिट्दासमेत मरेन ।
यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण

International, Science and Technology
एजेन्सी । संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण गरेको छ । जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत होप नामक उक्त यानले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औ वार्षिकोत्सवमा होप यान मंग्रल ग्रह पुग्‍ने जनाइएको छ । यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए । यो भूउपग्रह मंगल ग्रहमा पुगेपछि ग्रहको वातावरणबारे विवरणहरू खुल्ने जनाइएको छ ।