अन्तिम खेलमा रियल म्याड्रिड रोकियो
एजेन्सी । स्पेनिस ला लिगाको अन्तिम खेलमा लिग च्याम्पियन रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोरोनापछिको १० खेलमा शतप्रतिशत जित निकालेको च्याम्पियन रियल म्याड्रिड स्पेनिल ला लिगाको अन्तिम खेलमा लेगानेससँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
रियलले खेलमा दुईपटक लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बनेको हो । घरेलु टोली लेगानेसका ब्रयन गिल र रोजर एसालेले गोल गरे । रियलका कप्तान सर्जियो रामोस र मार्काे एसेन्सियाले गोल गरे । खेलको नवौं मिनेटमा इस्कोको क्रसलाई रामोसले हेडमार्फत गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गएिको पहिलो मिनेटमा ब्रयन गिलले जोनाथन क्रिस्टियन सिल्भाको पासलाई सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५२औं मिनेटमा इस्कोको पासमा मार्काे एसेन्सियोले गोल गरेपछि रियलले पुनः खेलमा २–१ को अग्रता बनाएको थियो । ७८औं मिनेटमा जोनाथन