Jandesh Nepal, Author at Education Patra | Page 137 of 173

Author: Jandesh Nepal

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

शारिरिक अभ्यास जेष्ठ नागरिकका लागि महत्वपूर्ण

Uncategorized
ब्राजिल, रासस÷एएनआई ः नियमित रुपमा शारिरीक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरुलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्वन्धी समस्या र अन्य शारिरीक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरुको निश्कर्ष छ । ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँच देखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ । विश्वभरी कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरुको शारिरीक अभ्यासमा कमी आएको र त्यसले उनीहरुको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरुले बताएका छन् । दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरुलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देख
लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

लकडाउन खुकुलो भएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनहरूमा वृद्धि

International
लन्डन,  रासस/सिन्ह्वा ः भर्ती तथा रोजगार परिसंघ (आरईसी) द्वारा शुक्रवार जारी गरिएको एक रिपोर्ट अनुसार जुलाईको शुरुमा बन्दाबन्दी (लकडाउन) लाई खुकुलो पारिएसँगै बेलायतमा रोजगारीमुलक विज्ञापनको सङ्ख्यामा वृद्धि आएको छ । रिक्रुटमेन्ट एण्ड इक्प्लोइमेन्ट कन्फिडरेसन (आरईसी)को तथ्याङ्क अनुसार जुलाई ५ देखि जुलाई १२ सम्म हप्तामा सक्रिय रोजगारी विज्ञापनको कुल सङ्ख्या १० लाख पाँच हजार पुगेको छ । यो जुनकोे अन्तिम हप्ता (जून २२ देखि २८सम्म) को तुलनामा नौ लाख ९० हजारले बढी हो । उल्लेखनीय कुरा के हो भने त्यहाँ सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायिक कर्मचारीको विज्ञापनमा महत्वपूर्ण वृद्धि रहेको छ । जुनको अन्तिम हप्ताको तुलनामा जुलाईको ६–१२ सम्ममा वेब डिजाइनर र डेभलपरहरूको पदस्थापन १५.५ प्रतिशतले बढेको उल्लेख छ । यसमा प्रोग्रामर र सफ्टवेयर विकासकर्ताहरूको रोजगारीमा जोडिने दरमा ६.६ प्रतिशतले वृद्धि
फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङ्को सुविधा

International, Main News
वासिङ्टन डिसी, रासस/एएनआई ः विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ । मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ
ठाउँ ठाउँमा सलहले उत्पात उच्चायोः लाखौंको अन्नबाली नष्ट

ठाउँ ठाउँमा सलहले उत्पात उच्चायोः लाखौंको अन्नबाली नष्ट

Main News
जनादेश संवाददाता सुर्खेत ।कर्णाली प्रदेशको विभिन्न जिल्लामा सलहले उत्पात उच्चाएको खबरछ । कर्णालीका धरै स्थानमा सलह पसेर लाखौंको बालीनाली नष्ट पारेकोछ । शुक्रबार सुर्खेतको मकै बारीमा पसेर खेती नष्ट गर्न खोज्दा बालबालीकाले थाल ठटाएर सलह भगाएकाछन् । सलह टिपेर सङ्कलन गर्दै बालबालिका मकैबारीमा पस्यो सलह तस्वीर ः शुरबहादुर सिंह÷रासस । वीरेन्द्रनगर नगरपालिका– ७ ईत्राम सुर्खेतस्थित मकैबारीको पात खाएर पर्खालमा बसेको सलह ।  थाल ठटाउँदै सलह भगाउँदै बच्चादेखि महिला सबै थाल ठटाएर सलह भगाउँदै । तस्वीर ः शुरबहादुर सिंह÷रासस
कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्यको स्वास्थ्यमा समस्या

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्यको स्वास्थ्यमा समस्या

Uncategorized
एजेन्सी । कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएको छ । श्वास फेर्न समस्या भएलगत्तै ऐश्यर्यलाई नानावीत अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऐश्वर्यलगाउत उनका परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ । ससुरा अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्यलगाएत सबै परिवारका सदस्यले कोरोना परीक्षण गराएका थिए । जसमा ऐश्वर्यका पति तथा अभिनेता अभिषेक बच्च, सासु जया बच्च र छोरी आराध्या बच्चनमा कोरोना पुुष्टि भएको थियो ।