Jandesh Nepal, Author at Education Patra | Page 140 of 173

Author: Jandesh Nepal

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन

International
रासस/सिन्ह्वा० ः पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ । उजुरीमा बर्तमान राष्ट्रपति समेत रहनु भएका र अहिलेको निर्वाचनबाट फेरी निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरुले अहिलेको नतिजालाई अस्विकार गरिने घोषणा समेत गरेका छन् । गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१।०३ प्रतिशत र अर्का उम्मेदबार त्रजास्कोवस्कीको पक्षमा ४८।९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदबारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशंका गर्न सजिलो भएको विश्लेषकहरुले
अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु

अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ को मृत्यु

International
रासस–एएनआई ः अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् । अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ । अफगान विद्रोहीविरुद्ध भएको कारबाहीमा उनीहरु मारिएको प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार बिहान जानकारी दिएका छन् । अफगानिस्तानको राष्ट्रिय सैनिक संगठनले दिएको जानकारीअनुसार उक्त प्रान्तको कालाकान्चा भन्ने स्थानमा रहेको एक सैनिक पोष्टमाथि तालिबानले आक्रमण गरेका थिए । सो आक्रमणमा परी ती सैनिक मारिएको प्राप्त समाचारमा जनाइएको छ । प्रान्तीय राजधानीबाट नजिकको सो क्षेत्रमा रहेका तालिबान आतंककारी समूहलाई लक्षित गर्दै सो कारबाही भएको थियो । उक्त सैनिक पोष्टमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि यहाँको सरकारी सेनाले पनि आक्राणका विरुद्धमा कारबाही जारी राखेको थियो ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघ्यो

International
रासस÷एएनआई ः भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या १० लाख ३ हजार ८७६ पुगेको छ । त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६८७ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार ६०२ पुगेको छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ४२ हजार ४७३ रहेको छ भने ६ लाख ३५ हजार ७५७ जना संक्रमणमुक्त भइसकेका छन् । भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ८४ हजार २८१ पुगेको छ । तीमध्ये ११ हजार १९४
चौविस घण्टामा देशभर थपिए १०१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ४४५

चौविस घण्टामा देशभर थपिए १०१ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ४४५

Uncategorized
नेपाली हेल्थ काठमाडौँ, २ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १०१ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १०१ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ५३४ पुगेको छ । देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ५ हजार ८७१जना उपचाररत छन् । भने क्वारेनटिनमा २२ हजार ७५६ जना रहेका छन् ।