Jandesh Nepal, Author at Education Patra | Page 141 of 173

Author: Jandesh Nepal

कारवाही सुरु गर्न विप्लवको निर्देशन

कारवाही सुरु गर्न विप्लवको निर्देशन

Main News
जनादेश संवाददाता काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले स्थगित गरिएको ‘कारवाहीका कार्यक्रमहरु’ पुनः सूचारु गर्न निर्देशन दिएका छन्। आवश्यकताअनुसार प्रतिरक्षात्मक एवं प्रतिरोधात्मक कारवाहीहरु संचालन गर्न सबै पाटीपंक्तिलाई विशेष निर्देशन गर्दछौं प्रेस वक्तव्यमा भनिएकोछ । कोरोना संक्रमणका कारण लकडाउन जारी भएपछि विप्लवले यसअघि विज्ञप्ति जारी गर्दै कामकारवाही स्थगित गरिएको जनाएका थिए। तर, लकडाउनकै बीच थुप्रै कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि विप्लवको पछिल्लो विज्ञप्ति आएको हो। बुधबार मात्रै प्रहरीले कैलालीबाट नेकपाका केन्द्रीय सदस्य तथा सेति-महाकाली इन्चार्ज ओम प्रकाश पुन र उनकी पत्नी पूर्णीमा पुनलाई गिरफ्तार गरेको थियो। उक्त पार्टीले भ्रष्टाचारीहरु आफ्नो निशानामा रहने बताउँदै आएको छ।
नेकपा स्थायी कमिटी बैठक आज

नेकपा स्थायी कमिटी बैठक आज

Uncategorized
चन्द्रप्रकाश नेपाली पटकपटक स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । असार १७ गते यता चार पटकसम्म स्थगित स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ । आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।
राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

Uncategorized
प्युठानको प्रसिद्ध डल्ले सराय, यो तिहारको दोस्रो दिन नाचिन्छ । जहाँ एकै ठाउँमा नै स्थानबाट अलग अलग सरायहरु आएर एकै ठाउँमा भेला भएर संयुक्त नृत्य गर्दछन् ।
बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !

बच्चा जन्माउन साइत हेरेर शल्यक्रिया !

Uncategorized
काशीराम शर्मा बाँके,  (रासस) : नेपालगञ्ज उपमहानगरपालिका–४ की २६ वर्षकी एक महिलालाई डाक्टरले गत असारको १४ गते सुत्केरी हुने समय दिए । डाक्टरले सुत्केरी हुन दिएको समयभन्दा तीन दिनअघि नै उहाँ भेरी अस्पताल नेपालगञ्जमा पुग्नुभयो । उहाँ ज्योतिषीसँग राम्रो साइत हेराएर बच्चा जन्माउन पुग्नुभएको थियो । उहाँले भनेकै साइतमा चिकित्सकले पनि शल्यक्रियामार्फत बच्चा जन्माइदिए तर, डाक्टर ज्योतिषले भनेको साइतबारे भने जानकार थिएनन् । त्यस्तै नेपालगञ्ज–४, कै अर्की महिलाले पनि डाक्टरले दिएको मितिभन्दा दुई दिनअघि नै अस्पतालमा पुगेर शल्यक्रियामार्फत बच्चा जन्माउनुभयो । यी दुई महिला प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । धेरैलाई ‘नर्मल डेलिभरी’ स्वास्थ्यका लागि राम्रो हो भन्ने थाहा हुँदाहुँदै पनि लामो समयसम्म पीडा सहन नसक्ने, ज्योतिषलाई हेराएर बच्चा जन्माउने साइत निकाल्नेजस्ता कुराले पछिल्लो समय शल्यक्र
कोरोना महामारीको असर ‘देउडा पर्व’मा

कोरोना महामारीको असर ‘देउडा पर्व’मा

Uncategorized
सुर्खेत (रासस) : कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो । कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाइएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो । साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै