Jandesh Nepal, Author at Education Patra | Page 143 of 173

Author: Jandesh Nepal

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

Main News
स्रोतः आजको नागरिक दैनिक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी  विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् । नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले संयुक्तरुपमा हस्ताक्षरसहितको पत्र बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराउँदै उनीहरूले महाधिवेशनलाई अनुचित प्रभाव पार्ने काम बन्द गर्न आग्रह गरेका छन् । विधि र पद्धति मिचेर हाल गठन भएका विभागहरू स्वीकार्य नहुने जनाउँदै उनीहरुले भनेका छन्, ‘आशन्न महाधिवेशनको स्वच्छता एबं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो
राजेशल हमालले – दीपाश्रीलाई दिए माफी

राजेशल हमालले – दीपाश्रीलाई दिए माफी

Uncategorized
काठमाडौं । आफ्नो कारणले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले लगातार दुई सातादेखि गाली खानुपरेपछि अभिनेता राजेश हमालले निरौलालाई माफ गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेका छन् । दुई साताअघि एउटा टेलिभिजनमा अन्तर्वार्ता दिनेक्रममा अभिनेत्री दीपाश्री निरौलाले तत्कालीन अवस्थामा राजेश हमाल पूर्ण निष्क्रिय भएको भन्दै उनलाई सम्बोधन गरिने ‘महानायक’ उपाधिलाई अस्वीकार गरेकी थिइन् । त्यसपछिबाट अभिनेत्री निरौलालाई सामाजिक सञ्जालमा दर्शकले नियमित गाली गर्दै आएका छन् । यस्तो गाली रोक्न चलचित्रसम्बन्धी सातवटा संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दा पनि गाली गर्नेक्रम रोकिएन । अन्तत : अभिनेता हमालले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै दीपाश्रीलाई माफ गरिदिन आफ्ना प्रशंसकलाई आग्रह गरेका हुन् । स्रोतः राजधानी दैनिक
१५ दिनमा शीर्ष नेताबीच नौपटक संवाद, तर विवाद जहाँकोतहीँ, ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

१५ दिनमा शीर्ष नेताबीच नौपटक संवाद, तर विवाद जहाँकोतहीँ, ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

Main News
शुरोजङ्ग पाण्डे काठमाडौं । नेकपा शक्तिसंघर्ष केन्द्रीय कमिटीमा लग्ने तयारी सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । १७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ । स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । योसँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपाभित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिनेछ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो । सहमतिको कुनै नयाँ निकास नआए प
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

Main News
चौतारा, २ साउन (रासस) : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।