Author: Jandesh Nepal
विद्यालय तहको पाठ्यपुस्तकलेखन : सिद्धान्त र व्यवहार
पृष्टभूमि
औपचारिक शिक्षाको कुनै कक्षा विशेषका लागि तोकिएको विषयको पाठ्यक्रममा आधारित भएर विद्यार्थीले प्रयोग गर्ने गरी बनाइएको पाठ्यसामग्री नै पाठ्यपुस्तक हो । विद्यालय तहको औपचारिक शिक्षामा पाठ्यपुस्तकको प्रयोग संसारभर प्रचलित छ ।पाठ्यपुस्तक विद्यार्थीका लागि लक्षित गरी लेखिएको भएता पनि पाठ्यक्रम र शिक्षक निर्देशिका उपलब्ध नभई अध्यापन गराउने अवस्थामा शिक्षकहरूको लागि समेत उपयोगी छ । पाठ्यपुस्तककै भरमा मात्र शिक्षण गर्ने शिक्षकका लागि होस् या यसलाई सिकाइ सामग्रीका रूपमा प्रयोग गर्ने विद्यालय हुन्, पाठ्यपुस्तकको सही संयोजनले सिङ्गो सिकाइ कार्यलाई डोर्याउँछ । पाठ्यपुस्तक, विषय विज्ञ र अनुभवी शिक्षकहरूको समूहद्वारा विकास गरिन्छ । पाठ्यपुस्तक विकास विशुद्ध प्राविधिक कार्य हो । तोकिएको पाठ्यक्रममा आधारित भएर तयार हुने पाठ्यपुस्तकमा विद्यार्थीको उमेर, सिकाइ सिद्धान्त, शिक्षण विधि, सामग्र