Jandesh Nepal, Author at Education Patra | Page 152 of 173

Author: Jandesh Nepal

वेस्ट इन्डिजलाई बराबरीको चिन्ता

वेस्ट इन्डिजलाई बराबरीको चिन्ता

International
एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सामान्य योगफलतर्फ अघि बढेको छ । चौथो दिनको समाप्तीमा इंग्ल्यान्डले १ सय ७० रनको अग्रता कायम गरेको छ । दोस्रो इनिङमा इंग्ल्यान्डले १ सय ४ ओभरमा २ सय ८४ रन जोड्न ८ विकेट गुमाएको छ । पहिलो इनिङमा १ सय १४ रनले पछि परेको इंग्ल्यान्डलाई हारबाट बच्न ड्र (बराबरी) गराउनु पर्ने हुन्छ । इंग्ल्यान्डका जोफ्रा आर्चर ५ र मार्क उड १ रनमा क्रिजमा छन् । पाँचौ तथा अन्तिम दिन यी दुई ब्याट्सम्यानको प्रर्दशनले नतिजामा प्रभाव पार्ने देखिन्छ । इंग्ल्यान्ड रन भन्दापनि क्रिजमा यी दुई ब्याट्सम्यानलाई टिकाउँदै ड्र गराउनतर्फ बढी केन्द्रित हुने छ । यता वेस्ट इन्डिज भने बाँकी दुई विकेट चाडैंनै लिदैं आफ्नो जित पक्का गर्ने सोचमा छ । संघर्षपूर्ण सुरुवातले इंग्ल्यान्डका शीर्षक्रम समालिएपनि तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा कमजोर अवस्थामा पुगेक
राशिदले विश्वकप जितेपछि मात्र विवाह गर्ने

राशिदले विश्वकप जितेपछि मात्र विवाह गर्ने

International
एजेन्सी – लेग स्पिनर राशिद खानले आफूले अफगानिस्तानले विश्वकप जितेपछि मात्र विवाह गर्ने बताएका छन् । २१ वर्षिय स्टार लेग स्पिनर राशिदले अजादी रेडियोसँगको कुराकानीको क्रममा अफगानिस्तानले आइसिसी विश्वकप एक पटक जितेपछि आफूले विवाह गर्ने बताएका हुन् । राशिदले सन् २०१५ मा अफगानिस्तानको टोलीमा डेब्यु गरेका थिए । टि२० आई वरियताका शीर्ष नम्बरका बलर राशिद खानले सिमित ओभरको क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । २०१९ को एक दिवसिय विश्वकप क्रिकेटमा अफगानिस्तानले कुनैपनि खेल नजिती बाहिरिएको थियो । उक्त विश्वकपमा अफगानिस्तानले ९ खेलमानै पराजित भएको थियो । २०१६ मा भारतमा भएको टि२० विश्वकपमा पनि राशिदले अफगानिस्तानको प्रतिनिधित्व गर्दै राम्रो प्रर्दशन गरेका थिए । ओडिआईमा राशिदले ७ खेलमा कप्तानी गर्दा ६ खेलमा हारको सामना गर्नु परेको थियो । विश्वकपपछि अफगानिस्तानले केहि समय राशिदलाई ट
घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित

घरेलु टोली इंग्ल्यान्डमाथि वेस्टइन्डिजको उत्कृष्ट जित

International
एजेन्सी – कोरोना संक्रमणपछि सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो सिरिजअन्तर्गत वेस्टइन्डिजले पहिलो टेष्ट खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । साउथह्याप्टनमा पाँचौ तथा अन्तिम दिन २ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ६४.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । वेस्ट इन्डिजका जेर्मेन ब्ल्याकउडले उत्कृष्ट ब्याटिङ गर्दै जित पक्का गराए । ६०.४ ओभरमा बेन स्टोक्सले जेम्स एन्डरसनबाट क्याच आउट गराएपछि आफ्नो टेष्ट करिअरको दोस्रो शतक पूरा गर्न ब्ल्याकउडमात्र पाँच रनले चुके । उनले १ सय ५४ बलमा १२ चौका सहित महत्वपूर्ण ९५ रन जोड्दै टोलीको जित सहज बनाए । कप्तान जेसन होल्डर १४ रनमा अविजित रहे । वेस्ट इन्डिजको सुरुवात भने राम्रो हुन सकेन । ओपनर क्रेग ब्रेथवेटलाई जोफ्रा आर्चरले ४ रनमा बोल्ड आउट गरे । शम्राह बूक्सलाई आर्चरलेनै शून्यमा एलबिडब्लू आउट गरे । जोन क्याम्पबेल १ रनमा रिटायर्
लिनुस् घ्यूकुमारीबाट फाइदै फाइदा

लिनुस् घ्यूकुमारीबाट फाइदै फाइदा

Health Care
जनादेश डेली १.  हात खुट्टा पोलेको बेला यसलाई लगाउँदा सितलता प्रदान हुन्छ । २.हातमुख धोएर यसलाई लगाउँदा छालालाई कोमलता प्रदान गर्दछ । ३. यसलाई काटेर ३–४ चम्चा रस निकालेर खाली पेटमा खानाले दिनभर शरीरमा शक्ति र स्फूर्ति पैदा हुन्छ । ४. शरीरको कुनै भागमा आगोले पोलेमा, काटेमा यसको रस निकालेर लगाउनाले घाउ निको हुनुका साथै आराम मिल्छ । ५. आजकल घ्यूकुमारीलाई कस्मेटिक प्रोडक्टका रुपमा बजारमा यसको जेल, बडीलोशन, हेयरजेल, स्किनजेल, साबन, फेशियल फोम, ब्यूटीक्रिमका रुपमा पनि उपयोगमा ल्याइएको पाउन सकिन्छ । ६. घ्यूकुमारीको सेवनले मधुमेह, गर्भाशयको रोग, पेटको खराबी, त्वचाको समस्याका साथै आँखाको घेराको कालो भाग हटाउन तथा शरीरमा रगतको कमी हुनबाट बचाउँछ ।७. यसको सेवनले शरीरमा रोगप्रतिरोधात्म क्षमतामा बृद्धि गर्छ । यसमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन तत्व पाईन्छ ।