Jandesh Nepal, Author at Education Patra | Page 156 of 173

Author: Jandesh Nepal

रियल म्याड्रिडको सहज जित

रियल म्याड्रिडको सहज जित

International
एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले शुक्रबार घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा आलाभेसविरुद्ध २-० को सहज जित दर्ता गरेको छ । रियलको लगातार आठौं जितमा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले १ गोल र १ असिस्ट दिए । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली आलाभेसले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । जोसेलुको हेडर क्रसबारमा लागेर फर्केपछि लुकास पेरेजले रिबाउन्डमा गरेको प्रहारलाई राफाएल भारानले गोललाइनबाट बचाए । खेलको ११ औं मिनेटमा घरेलु टोली रियलले करीम बेन्जेमाको पेनाल्टी गोलमा अग्रता लियो । आलाभेसका डिफेन्डर छिमो नाभारोले पेनाल्टी क्षेत्रभित्र फर्लान्ड मेन्डीलाई लडाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । उक्त पेनाल्टीमा बेन्जेमाले लिगको १८ औं गोल गरे । १४ औं मिनेटमा रियलका मिडफिल्डर टोनी क्रुसको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो
च्याम्पियन्स लिग : फाइनल पुग्न ठूला टोलीलाई कठिन चुनौती

च्याम्पियन्स लिग : फाइनल पुग्न ठूला टोलीलाई कठिन चुनौती

Uncategorized
एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत यसपटक विगतभन्दा भिन्दै तरिकाले प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । सामान्यतया हरेक चरणपछि खेल तालिका निर्धारण गरिने भएपनि यसपटक कोरोना संक्रमणका कारण सिर्जित परिस्थितिले गर्दा फाइनलसम्मकै खेल तालिका सार्वजनिक गरिएको हो । शुक्रबार स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा आयोजित ड्र समारोहमा प्रतियोगिताको पूर्ण खेल तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार हालसम्म उपाधि जित्न नसकेको एउटा टोली फाइनलसम्म पुग्ने पक्का भएको छ । तालिकाको एकातिर नयाँ टोलीहरुको बाहुल्यता रहँदा अर्कोतर्फ भने पूर्वविजेताहरुले एक अर्काको सामना गर्नेछन् । यसपटक क्वाटरफाइनलदेखि सबै खेल एक लेगको मात्र हुनेछन् र सम्पूर्ण खेल पोर्चुगलको लिस्बनमा हुनेछ । तालिकाको एकतर्फ रियल म्याड्रिड, युभेन्टस, बार्सिलोना, चेल्सी र बायर्न म्युनिख रहेका छन् । यी ५ टोलीले कुल २६ पटक यु
यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

Science and Technology
एजेन्सी अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ । १ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ (एसएसडी) को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ । सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद कर्ताका लागि मात्र मूल्यसूचि प्रदान गर्ने गरेकोमा अहिले उक्त ड्राइभको मूल्य आम रुपमा सार्वजनिक गरेको हो । सो मेमोरी स्टोरेज ड्राइभको नाम Nimbus Data ExaDrive DC100 SSD हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ । कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत