महामारीमाथि मौसमी विपत् : दुई दिनमा २६ को ज्यान गयो, ६० हराइरहेका छन्
नयाँ पत्रिका जिल्ला ब्युरो
बुधबार राति सिन्धुपाल्चोकमा हराएका २१ जना नभेटिँदै बिहीबार देशका विभिन्न भागमा बाढीपहिरोमा ३९ जना बेपत्ता
हेमन्त केसी (जाजरकोट), रोहितराज पराजुली (कास्की), शान्ता कमली (लमजुङ), कमल खत्री (म्याग्दी), मनिष खड्का (पश्चिम रुकुम), रामकृष्ण थापा (सिन्धुपाल्चोक)
बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् । ७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन् ।
जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् । सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड स