Jandesh Nepal, Author at Education Patra | Page 159 of 173

Author: Jandesh Nepal

नेपाल भारत सीमा विवाद: दुवैलाई ‘एक अर्काको नक्सा अमान्य’

नेपाल भारत सीमा विवाद: दुवैलाई ‘एक अर्काको नक्सा अमान्य’

Uncategorized
बिबिसी नेपाली लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालले नक्सा जारी गरेपछि भारतले त्यसप्रति कूटनीतिक नोटमार्फत् असहमति जनाएको खुलासा भएको छ। १५ दिनअघि भारतबाट त्यस्तो नोट प्राप्त भएको परराष्ट्र मन्त्रालयले राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई जानकारी दिएको हो। दुवै सदनले पारित गरेपछि गएको १८ जूनमा राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटिएको नक्सा देखाउने नेपालको निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रमाणित गरेकी थिइन्। नेपालले नयाँ नक्सा अनुमोदन प्रकिया अघि बढाएसँगै लामो समयदेखि रहेको सीमा विवाद उत्कर्षमा पुगेको छ र दुवै देशका अधिकारीहरूबीच संवादहिनताको अवस्था रहेको छ। भारतको कूटनीतिक विरोधपत्र बीबीसीले काठमाण्डूस्थित
नेकपा विवाद सहमतिउन्मुख भएको नेताहरूको दाबी

नेकपा विवाद सहमतिउन्मुख भएको नेताहरूको दाबी

Uncategorized
शुरोजङ्ग पाण्डे काठमाडौं दोस्रो तहका नेताहरूको दौडधुप र चिनियाँ राजदूतको लगातार भेटवार्तापछि सहमतितिर मोडिँदै नेकपाको राजनीति शक्ति र सत्ता–संघर्षको चपेटामा फसेको सत्तारुढ दल नेकपाको विभाजन करिब–करिब टरेको छ । पार्टीभित्रै स्थायी र सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि बढेको विवादले नेकपाको विभाजनको आशंका जन्माएको थियो । तर, बिहीबारसम्म भएका आन्तरिक र बाह्य कोसिसले तत्कालका लागि देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति नेकपाको विभाजन टरेको स्रोतहरुले जनाएका छन् । ‘दुई अध्यक्षबीच कुनै ठोस सहमति त बनेको छैन । तर, पार्टी विभाजनको खतरा टरेको छ । ढिलोचाँडो एउटा निकास निस्कन्छ,’ बिहीबार साँझ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका सचिवालयका एक सदस्यले भने, ‘अब पार्टीचाहिँ फुट्दैन ।’ उनले विभाजन रोकिनुको कारण भने केही
केबल अपरेटरहरुले लगाए  भारतीय न्युज च्यानलमारोक

केबल अपरेटरहरुले लगाए भारतीय न्युज च्यानलमारोक

Uncategorized
जनादेश संवाददाता काठमाडौँ । नेपालमा प्रशारण हुने भारतीय न्युज च्यानलहरु केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् ।डिसहोम,मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतका अपरेटहरुले साम हिक रुपमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । म्याक्स टिभीका शर्माले अब सरकारले नेपालमा दर्ता नभएका र इन्टरनेटको माध्यमबाट आउने भिडियो कन्टेन्टहरुको मुहाननै बन्द गर्नका लागि सञ्चार मन्त्रालयसँग छलफल हुने बताए ।  भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले