बचत सहकारीको अनुगमन राष्ट्र बैंकमार्फत गर्न सुझाव
बचत तथा ऋणको कारोबार गर्ने सहकारीको अनुगमन नेपाल राष्ट्र बैंकमार्फत गर्न संसदीय उपसमितिले सुुझाव दिएको छ । सहकारीमा वित्तीय कारोबार बढ्दै गएपनि प्रभावकारी अनुगमन नहुँदा जोखिम बढेको भन्दै नियमन प्रभावकारी बनाउन सुझाव दिएको हो ।
पुँजी र मुद्रा बजारसम्बन्धी अध्ययन गर्न संघिय संसद्को अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले मंगलबार बुझाएको प्रतिवेदनमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको अनुगमन राष्ट्र बैंक गर्नुपर्ने उल्लेख गरेको हो ।
सहकारीमार्फत वित्तीय कारोबार बढ्दै गएपनि नियमनका लागि प्रभावकारी व्यवस्था हुन सकेको छैन । यसअघि पनि विभिन्न समिति तथा आयोगका साथै बजेट बक्तव्यमा समेत राष्ट्र बैंक वा छुट्टै नियमन निकाय गठन गरी सहकारीलाई प्रभावकारी अनुगमन गर्ने उल्लेख भएपनि कार्यान्वयन हुन सकेको छैन । उल्टै संविधानको व्यवस्थाअनुसार सरकारले सहकारीह