Jandesh Nepal, Author at Education Patra | Page 165 of 173

Author: Jandesh Nepal

ग्रामीण डिजिटल कनेक्टिभिटीमा सरोकारवालाको चासो

ग्रामीण डिजिटल कनेक्टिभिटीमा सरोकारवालाको चासो

Science and Technology
पछिल्लो समय नेपालमा पनि इन्टरनेट प्रविधिको प्रयोग बढिरहेको छ । इन्टरनेट प्रयोगकर्ता बढेसँगै डिजिटल सर्भिसेस, ई–कमर्श, अनलाइन शिक्षा, डिजिटल स्वास्थ्य र डिजिटल कृषिको आवश्यकता र माग पनि बढिरहेको छ । दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको गत वैशाख २०७७ सम्मको तथ्यांक हेर्ने हो भने नेपालमा ७२ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेका छन् । लगभग ५४ प्रतिशत मानिसले मोबाइल डेटाकै प्रयोग गरेर इन्टरनेट चलाइरहेका छन् । तर अहिले पनि ग्रामीण र विकट क्षेत्रहरूमा इन्टरनेटको पहँुच पुग्न सकेको छैन । यसैबीच असार २० गते आयोजित डिजिटल संवाद कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण क्षेत्रमा इन्टरनेटको विस्तार मुख्य प्राथमिकतामा रहेको बताए । ग्रामीण दूरसञ्चार कोषमार्फत विभिन्न परियोजना अन्तर्गत कामहरू भइरहेको र ४१ जिल्लाका सम्पूर्ण वडाहरूमा इन्टरनेट विस्तार गरिएको उनको भनाइ छ ।
एमसीसीको अनुमोदन भएमा ठूलो दुर्घटना

एमसीसीको अनुमोदन भएमा ठूलो दुर्घटना

Thought/Blog
प्रा.डा. गोपाल शिवाकोटी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौता संसद्बाट अनुमोदन २०२० को जुन ३० मा गरी जुलाई १ बाट कार्यान्वयन गर्नुपर्ने थियो । तर, सत्ताधारी दल नेकपाभित्रनै विरोध चलेको तथा केन्द्रीय समितिले यो सम्झौताका दश बुँद्धा तथा विषय हटाएर मात्र संसद्बाट अनुमोदन गर्नुपर्छ भनि केन्द्रीय समितिबाट अध्ययन गर्न गठित कार्यदलले प्रतिवदेन दिएपछि सत्तारुढ दल नेकपाको सचिवालय का नौ सदस्यमध्ये ६ ले संशोधनपछिमात्र अनुमोदन गर्नुपर्ने राय दिएपछि यो अनुमोदन गर्ने म्याद समाप्त भयो । यो म्यादभित्र अनुमोदन नगरेपछि प्रधानमन्त्रीले एकाएक संसद् नै अन्त्य गरेकोले ६ महिनापछि मात्र यसको अनुमोदनको लागि प्रक्रियासुरु गर्न सकिने स्थिति भएको थियो । यो राष्ट्रियहित विरोधी र मित्र राष्ट्र चीनलाई घेराउँ गर्न ल्याएको एमसीसी सम्झौता सिधै रुपमा नेपालमा अस्वीकार्य हुनेभएकाले अमेरिकी एजेन्टहरुले यसलाई घु
इरानको परमाणु केन्द्रमा आगो लाग्दा ‘ठूलो क्षति’ पुगेको स्वीकार

इरानको परमाणु केन्द्रमा आगो लाग्दा ‘ठूलो क्षति’ पुगेको स्वीकार

International
इरानको एउटा प्रमुख परमाणु केन्द्रमा बिहीवार आगो लाग्दा "ठूलो क्षति" पुगेको देशको आणविक ऊर्जा हेर्ने निकायका प्रवक्ताले बताएका छन्। उनले नाटान्जस्थित युरेनीअम प्रवर्धन गर्ने भवनमा आगो लाग्नुको कारण थाहा भएको बताए पनि त्यसबारे विस्तृत विवरण दिएनन्। उनका अनुसार क्षतिग्रस्त उपकरणहरूको स्थानमा अब अझ उन्नत उपकरण र प्रणाली जडान गरिनेछ। इरानमाथि हमला गर्ने अमेरिकाको तयारी, स्वीकृति दिएपनि ट्रम्पले रोके 'ओबामाको अनादर गर्न ट्रम्पद्वारा इरानसँगको सम्झौता परित्याग' के भएको थियो? एउटा निर्माणाधीन भवनमा भएको युरेनीअम प्रवर्धन गर्ने सेन्ट्रिफ्यूज प्रणालीमा आगो लागेको थियो। प्रवर्धित युरेनीअम पारमाणविक ऊर्जा तथा अस्त्र बनाउन प्रयोग हुन्छ। केही इरानी अधिकारीहरूले साइबर आक्रमण भएको दाबी गरेका छन्। इरानको एटमिक एनर्जी अर्गनाईजेशनका प्रवक्ता बेहरूज कमाल्भन्दीले "सुरक्षाका कारण" आगल
कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

International
न्यूयोर्क, २२ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ । विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।   एएनआई
कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

International
तेज गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ। भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। दिल्लीमा खुल्यो 'विश्वकै ठूलो' सङ्क्रमितका लागि स्याहार गृह भारतमा कोरोनाभाइरसको खोप डेढ महिनामा उपलब्ध 'हुन सक्ने' भारतले कोरोनाभाइरस खोपको मानवमा परीक्षण गर्ने कति सङ्ख्या? भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ। आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए। भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ। विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्।