प्रधानमन्त्री ओली–प्रचण्डबीच छलफल निष्कर्ष बिहिन
काठमाण्डौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीन घन्टा छलफल भएको छ । उक्त छलफ निष्कर्ष बिहिन भएर टुड्गीएकोछ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए ।
दुई अध्यक्षबीचको संवाद भोलि स्थायी कमिटीको बैठकअगाडि पनि हुने छलफलमा सहभागी एक नेताले बताए । दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा ठोस सहमति भए–नभएको विवरण भने आएको छैन ।
दुई अध्यक्षबीचको छलफलमा पूर्वएमाले समूहबाट महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेल तथा पूर्वमाओवादी समूहबाट स्थायी कमिटी सदस्य जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुन सहभागी थिए । छलफलमा दुवै पक्षबीच अविश्वास बढ्नुका कारण र पछिल्ला आरोप–प्रत्यारोपमा केन्द्रित रहेर खुला छलफल भएको सहभागी एक नेताले बताए ।
एकताको मर्मविपरीत पार्टीको स्थापित मूल्य–मान्यता र विधिलाई