Jandesh Nepal, Author at Education Patra | Page 24 of 173

Author: Jandesh Nepal

सार्वजनिक शिक्षामा गुणस्तरको प्रश्न

सार्वजनिक शिक्षामा गुणस्तरको प्रश्न

Entertainment, From Today's Newspaper, Thought/Blog
गुणस्तरीय शिक्षाको गुणस्तर सार्वजनिक वृत्तमा ठूलो बहसको विषय बन्दै आएको छ। यो विषयले नीति, निर्माता, राजनीतिज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी र आमजनमानसमा ठूलो चिन्ता बढाएको छ। लोकतान्त्रिक मुलुकमा सार्वजनिक शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्छ तर त्यसो हुन सकेको छैन। शिक्षाको सुधारका नाममा प्रयोग भइरहने गुणस्तरीय शिक्षाको कहिल्यै सम्मान हुन सकेन। सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिबाट मात्रै चेतनाको स्तर बढ्नेछ र लोकतन्त्र पनि सुदृढ हुनेछ। अहिले हाम्रो सार्वजनिक शिक्षाबारे प्रश्न उठ्न थालेको छ। विवेकशील नागरिक उत्पादन गर्ने विषयमै प्रश्न उठ्नु विडम्बना हो। शिक्षाका सबालमा राज्य संवेदनशील हुन नसकेको यसबाट पुष्टि हुन्छ। शिक्षाका निम्ति छुट्याइने बजेटदेखि अन्य नीतिनिर्माणमा नेतृत्वकर्ता शिक्षा मन्त्रालय चुकिरहेको छ। शिक्षा एउटा अमूर्त चिन्तन हो। यसैले गुणस्तरीय शिक्षालाई सरकारी स्तरका नी
फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

फर्जी मतदानको खतरा छ, चनाखो रहनुस्ः प्रमुख निर्वाचन आयुक्त थपलिया

Interview, Main News
जनादेश नेपाल, काठमाण्डौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएको छ।आयोगले कानूनको व्यवस्थालाई पूर्ण रूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो। आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरूलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरूले पूर्ण रूपमा पालना गर्न र गराउन निर्देशन दिए। उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न न
११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

११ हजार कर्मचारी हटाउँदै मेटा कम्पनी

Employment, International
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीको आम्दानी धरासायी बन्दै गएको पछिल्लो रिपोर्टसँगै मेटाले हजारौँ कर्मचारीलाई हटाउने भएको हो । यो सँगै मेटा कम्पनीका १३ प्रतिशत कर्मचारी कटौतीमा पर्नेछन् । फेसबुक कम्पनीमा अनावश्यक संख्या कर्मचारीसँग भद्दा र अप्रभावकारी बनेसँगै मेटाले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । खर्च घटाउनका लागि हजारौँ कर्मचारी कटौती गर्ने निर्णय गरेको फेसबुकले आफ्नो अर्बौ डलर लगानीको मेटाभर्स परियोजनालाई भने उच्च प्राथमिकतामा राखेको छ । मेटाभर्सलाई कम्पनीले उच्च प्राथमिकतायुक्त वृद्धि क्षेत्रको रुपमा लिएको छ । मेटाले आफ्नो मेटाभर्स परियोजनामा यो वर्षमात्रै १० अर्ब डलरभन्दा धेरै लगानी गरेको छ । हाल मेटा कम्पनीमा कार्यरत कर्मचारीको संख्या ८७ हजार ३१४ रहेको छ । बुधबार एक वक्तव्य सार्वजनिक गर्दै मेटा कम्पनीका सिईओ मार्क
मध्यपश्चिम विश्वविद्यालयमा हरियाली, फलफूल तथा सरसफाई अभियान शुरु

मध्यपश्चिम विश्वविद्यालयमा हरियाली, फलफूल तथा सरसफाई अभियान शुरु

Higher Education News
जनादेश, कर्णाली प्रदेश । मध्यपश्चिम विश्वविद्यालयले आफूलाई एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि चाहिने शैक्षिक गुणस्तरसँगै आधारभूत कक्षाकोठा, अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरुले भरिएका सुन्दर बगैंचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दू बनाउने हेतुले २०७९ साल कार्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो विहिबार दिउँसो २:०० बजेदेखि ०५:०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गर्ने गरी विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरुको नेतृत्वमा "मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान" (Mid-West University Greenery, Fruiting and Sanitation Campaign: MU-GFS Campaign) संचालन गर्ने निर्यण गरेको छ । सोहि निर्यण अनुरुप आज मिति २०७९ कार्तिक २४ गते कुइनेपानि,
तेह्र बर्षमा मन्त्री

तेह्र बर्षमा मन्त्री

Literature and Arts, Thought/Blog
लीला बहादुर के.सी. । अहिले देश चुनावमय भएको छ। पार्टीहरुले चार थरी गठबंधन गरेका छन्। एक थरीले लोकतांत्रिक बाम गठवन्धन गरेका छन् भने अर्का थरीले एमाले, राप्रपा, सिके राउत, उपेन्द्र लगायतको गठबंधन गरेका छन्। त्यसै गरी चुनाव वहिस्कीरवादीहरुले पनि दुई थरी गठबंधन गरेका छन्। एउटा गठबंधन नेकपा क्रान्तिकारी (वैद्य समूह), नेकपा बहुमत (धर्मेन्द्र वास्तोला समूह) तथा नेकपा मसालबाट छुट्टिएको समूह छ भने अर्को थरी वहिस्कीरवादी गठबंधन नेकपा (विप्लव समूह) तथा नेकपा आहुतिको सानो समूह लगायत छन्। नेपालको संविधान २०७२ घोषणा भए पछी साम्राज्यवादी भारतको नेपाल प्रतिको हेपाहा प्रवृत्तिले संविधान घोषणासंगै गरेका नाकाबंदी र नेकपा माओवादी संसदीय मूलधारमा आएको विश्लेषण तथा संविधानमा उल्लेख गरिएको संसदीय संरचना र सरकार निर्माणको प्रावधानले वृहत वामपन्थी चुनावी कार्यगत एकताको आधारभूमी बनाउने वाध्यता महशुस भयो। त्यसै
स्थानीय सरकारले प्रयाप्त ध्यान नजाँदा शिक्षाको लगानी उपलब्धिविहीन बन्दै

स्थानीय सरकारले प्रयाप्त ध्यान नजाँदा शिक्षाको लगानी उपलब्धिविहीन बन्दै

School Education
जनादेश नेपाल, काठमाण्डौं । स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र उपलब्धि कति ?’ विषयक छलफलमा सरोकारवालाहरुले स्थानीय तहको कर्मचारी व्यवस्थापन र खर्च क्षमता सुधारमा जोड दिए । शिक्षाविद् विनय कुसियतले अनुगमन र मूल्याङ्कन संयन्त्रको अभावमा स्थानीय तहमा खर्च भएको शिक्षा बजेट प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । शिक्षाप्रतिको उत्तरदायित्वको कमी, आवश्यकताका आधारविनै बजेट विनियोजन र स्थानीय सरकारको शिक्षामा पर्याप्त ध्यान नजाँदा शिक्षाको लगानी उपलब्धिविहीन बन्दै गएकोमा उनक
प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रलोभन, पद र पैसाले निर्वाचनलाई प्रभावित पार्नुहुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

Uncategorized
वि.सं. २०७९ मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा देशभर निर्वाचनको सरगर्मी बढ्न थालेको छ । दल र उम्मेदवार प्रचार अभियानको दौडधुपमा छन्, निर्वाचन आयोगले आचारसंहिता पालनालगायतका विषयमा कडाइ गर्न थालेपछि अनेकथरीका टीकाटिप्पणी पनि हुँदैछन् । यिनै विषयमा केन्द्रित रहेर गोरखापत्र अनलाइनका निमित्त सम्पादक नारद गौतमले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग समसामयिक विषयमा गर्नुभएको विशेष कुराकानीको सम्पादित अंश :  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आयोगको तयारी कुन चरणमा पुग्यो ? हामी निर्वाचन तयारीको लगभग अन्तिम चरणमा जाँदैछौँ । आयोगले मतदाता नामावलीदेखि मतदान स्थल, मतदान केन्द्र, निर्वाचन सामग्रीको व्यवस्थापन, बजेट व्यवस्थापनको विषयमा तयारी पूरा गरेको छ । अब आयोगले कुनै पनि त्रुटि र कमजोरी हुन नपाउन् भनेर तालिम दिएर जनशक्ति व्यवस्थापन, निर्वाचन
विश्वकप हेर्न कतार जान मन लाग्यो ? थाहा पाइराख्नुस् त्यहाँ लाग्ने खर्च र सुविधाको विवरण

विश्वकप हेर्न कतार जान मन लाग्यो ? थाहा पाइराख्नुस् त्यहाँ लाग्ने खर्च र सुविधाको विवरण

International, Main News
जनादेश स्पोर्ट्स वाच। फुटबल विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक मध्यपूर्वको कुनै देशमा यो प्रतियोगिता हुँदैछ र त्योपनि उत्तरी गोलार्द्धमा जाडो हुने याममा। उपलब्ध सबै ३० लाख टिकट विक्री भइसकेको छ। नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्। सबभन्दा सानो आयोजक विश्वकपको इतिहासमा कतार सबभन्दा सानो आयोजक राष्ट्र हो। कतारको जनसङ्ख्या जम्मा ३० लाख मात्र छ। त्यहाँका आठ वटा रङ्गशाला करिब एक घण्टाका दूरीमा छन्। दर्शकहरूलाई ११० मेट्रो ट्रेन तथा चार हजार बसले ओसार्ने छन्। धेरै अर्थमा यो विश्वकप अलि भिन्न हुनेछ। कति महँगो हुनेछ कतार बसाइ? ब्रिटेनस्थित दर्शकहरूको सङ्गठन फुटबल सपोर्टर्स एसोसिएसनका सपोर्टर इन्गेजमेन्ट प्रमुख एस्ले ब्राउनका अनुसार विगतका प्रतियोगिताहरूका तुलनामा यसपाली थोरै सङ्ख्यामा मात्र इङल्यान्डका फुटबल प्रेमी कतार पुग्दैछन्। उनले धेर