Jandesh Nepal, Author at Education Patra | Page 37 of 173

Author: Jandesh Nepal

आन्तरिक पर्यटकले जुरमुराउँदै झापाको किचकबध

आन्तरिक पर्यटकले जुरमुराउँदै झापाको किचकबध

Main News
झापा । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैँचा निर्माण गरेको छ । यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैँडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो । दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको बताउँदै अध्यक्ष थेबेले भन्नुभयो, “अब कोरोनासँग मान्छे डराउन छाडेछन्, चहलपहल बढ्यो । शनिबार त चार/पाँच सयसम्म आन्तरिक पर्यटक वनभोज
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउँदै सरकार

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउँदै सरकार

Banner News, Main News, Science and Technology
जनादेश नेपाल, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले स्पष्ट पानुभयो । “सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो, “प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।” उहाँले पत्रकारिताको गरिमालाई उठाउनक