Jandesh Nepal, Author at Education Patra | Page 46 of 173

Author: Jandesh Nepal

प्रधानन्यायाधीश भोलि आम हड्ताल भन्ने छ, आउने अवस्था छ कि छैन?: प्रधानन्यायाधीश

प्रधानन्यायाधीश भोलि आम हड्ताल भन्ने छ, आउने अवस्था छ कि छैन?: प्रधानन्यायाधीश

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । बिहीबार सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेको सुन्नमा आएको भन्दै प्रधानन्यायाधीशले मुद्दाका पक्षलाई भोलि आउन सक्नुहुन्छ भनी सोधे । बुधबारको इजलासको अन्त्यमा उनले नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई सोधे ‘भोलि आम हड्ताल भन्ने कुरा आयो, आउन सकिने अवस्था छ कि छैन ?’ पाण्डेयले आफूहरु आउन सक्ने बताए । त्यसपछि प्रधानन्यायाधीश जबराले भने ‘हामी त यहाँ आइहाल्छौं, तपाईहरु त आइहाल्नुहुन्छ, त्यसमा केही व्यवस्था गर्नुपर्ने छ र ?’ मुद्दाका पक्षहरु अदालत आउने बताएपछि जबराले भोलि पनि संसद विघटनको मुद्दामा बहस हुने भएको छ । नायब महान्यायाधिवक्ता पाण्डेयको बहस नसकिएकाले बिहीबार पनि उनले नै बहस गर्नेछन् ।  
चुनाव गराउन निर्वाचन आयोगलाई ७ अर्ब चाहियो

चुनाव गराउन निर्वाचन आयोगलाई ७ अर्ब चाहियो

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ । ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको छैन’ श्रेष्ठले विज्ञप्तिमा भनेका छन् । आयोगले कोभिड-१९ को सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख ७४ हजार रुपैयाँ
अख्तियारका आयुक्त गणेशराज जोशीले  किन दिए राजीनामा ?

अख्तियारका आयुक्त गणेशराज जोशीले किन दिए राजीनामा ?

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्यपि उनले राजीनामा दिनुको कारण खुलाउन चाहेनन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी आयुक्त जोशीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको जानकारी दिएका छन् । यसअघि बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् । राई पदभार ग्रहणका लागि पुग्दा आयुक्त सावित्री था
संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको सपथ ग्रहणप्रति काँग्रेसको विमति

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेपाली काँग्रेसले  संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहणप्रति विमति जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्विट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, त्यसपछिको बैठक र आजको सपथ ग्रहणमा काँग्रेसको विमति रहेको जानकारी दिए । संवैधानिक आयोगमा सिफारिस भएका ३२ जनाले बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका थिए । सभामुख र प्रतिपक्षी दलका नेताको उपस्थित वेगर गत ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ११ आयोगका ३८ पदमा नियुक्ति सिफारिस गरेको थियो । सरकारका यी कदमले संसद् विघटनको विरोधमा सरकारविरुद्ध जारी सडक आन्दोलनलाई अझै घनिभूत बनाइने शर्माले बताए । उनले लेखेका छन्, ‘दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर
प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तलाई इजलासमा प्रश्नैप्रश्न

प्रतिनिधिसभा विघटनको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तलाई इजलासमा प्रश्नैप्रश्न

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । प्रतिनिधिसभा विघटनको पक्षमा सरकारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुशील पन्तले बुधबार संवैधानिक इजलासमा अनेक प्रश्नको सामना गरेका छन् । प्रतिनिधिसभा विघटनका लागि संविधानले प्रधानमन्त्रीलाई विशेषअधिकार दिएको जिकिर गरेका पन्तलाई न्यायाधीश अनिलकुमार सिन्हाले संविधानको कुन धारामा प्रधानमन्त्रीलाई त्यस्तो अधिकार छ भनेर प्रश्न गरे । जवाफमा वरिष्ठ अधिवक्ता पन्तले संविधानको धारा ७४ मा प्रधानमन्त्रीलाई त्यस्तो विशेषाधिकार रहेको दावी गरे । इजलासबाट पन्तलाई फेरि प्रश्न सोधियो– प्रधानमन्त्री संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको हो कि उपधारा २ अन्तर्गत ? बहुमत प्राप्त दलको नेताका रुपमा कहिले प्रधानमन्त्री भएको ? जवाफमा पन्तले भौतिक रुपमा उपस्थिति भएको व्यक्तिलाई परिचयपत्र रहेनछ भनेर अस्वीकार गर्न नसकिने तर्क गरे । संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनक
अमला एक फाइदा अनेक

अमला एक फाइदा अनेक

Uncategorized
डा. मदन गिरी । भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ । यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ । यसलाई अचार तथा बिभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ । आउनुस् हेरौं यसका फाइहरु के–के रहेछन् : १. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । २. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । ३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । ४. अमलाको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउनुका साथै रगत सफा गराउन मद्दत गर्छ । ५. यसको नियमित सेवनले त्वचा तथा कपाललाई सुन्दर बनाउन मद्दत ग