Jandesh Nepal, Author at Education Patra | Page 48 of 173

Author: Jandesh Nepal

पचास महिलालाई बाख्रापलनका लागि अनुदान

पचास महिलालाई बाख्रापलनका लागि अनुदान

Uncategorized
जनादेश नेपाल, कञ्चनपुर । विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्ध गराइएको छ । आधा रकम नगरपालिकाको महिला शाखाले र आधा रकम तालिममा सहभागी महिलाले बाख्रापालनका लागि व्यहोर्ने सहमति गरिएको छ । “महिला आर्थिकरूपमा सक्षम भए घरेलु हिंसाका घटना कम हुन्छन्”, नगरपालिकाको महिला शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “महिलालाई आर्थिकरूपमा सक्षम बनाउनकै लागि सातदिने तालिमसँगै अनुदान रकम उपलब्ध गराएका छौँ”, नगरपालिकाको दुवै वडाका २५/२५ महिलालाई छुट्टाछुट्टैरूप
भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द

भारतमा टिकटकसहित ५९ चिनियाँ एप्स सधैंका लागि बन्द

Science and Technology
जनादेश नेपाल, काठमाण्डौ । भारतमा टिकटकसहित ५९ चिनियाँ एप्सहरु सधैंका लागि बन्द भएका छन्। भारतको प्रविधि मन्त्रालयले हालै टिकटकसहित ५९ चिनियाँ एपमाथि स्थायी प्रतिबन्ध लगाउने निर्णय गरेको एनडीटीभीले जानकारी दिएको छ। अस्थायी प्रतिबन्ध लगाएको ७ महिनापछि भारत सरकारले ती एप्सहरुलाई स्थायी रुपमै प्रतिबन्ध लगाइएको हो। भारतले गतवर्षको जुन महिनामा टिकटकसहित ५९ चिनियाँ एप्सहरुलाई साइबर सुरक्षा खतरा बढेकाले प्रतिबन्ध लगाएको थियो। भारत र चीनबीच विवादित गलवान उपत्यकामा झडप भएपछि र २० भारतीय सेनाको मृत्यु भएपछि भारतले उक्त कदम चालेको थियो। भारतले यी एप्सहरुले भारतीय डेटा चोरी गर्ने गरेको आशंका गरेको थियो। यद्यपी टिकटकसहितका चिनियाँ एप्सहरुले डेटा चोरीको आरोप खण्डन गर्दै आएका छन्। टिकटकले भारतीय प्रणालीमै रहेर आफूले यहाँ सेवा दिने बताउँदा पनि भारतले नमानेको बताइएको छ। एजेन्सी
मङ्गल ग्रहमा पाइने खनिज पृथ्वीमा भेटियो

मङ्गल ग्रहमा पाइने खनिज पृथ्वीमा भेटियो

Science and Technology
जनादेश नेपाल, काठमाण्डौ । वैज्ञानिकहरुले करिब एक माइलभन्दा बढी गहिराइमा अन्टार्कटिकाको बरफमा एक खनिज पत्ता लगाएका छन् । उक्त खनिज पृथ्वीमा विरलै भेटिन्छ तर मंगल ग्रहमा प्रशस्त मात्रामा पाइन्छ । साइन्स म्यागाजिनमा रिपोर्टमा यो खनिजको बारेमा उल्लेख छ । नासाका अनुसार खनिज पहेँलो र खैरो हुन्छ जसलाई जारोसाइट भनिन्छ । यो बन्न पानी र एसिड दुवैको आवश्यक पर्छ । खनिज मङ्गल ग्रहमा कडा पदार्थको रुपमा पाइन्छ । सन् २००४ मा रोभरले पहिलो पटक मङ्गल ग्रहमा जारोसाइट पत्ता लगाएको थियो । उक्त खनिज धेरै मार्सियन स्थानहरुमा परिणत भएको थियो । केहि सिद्धान्तका अनुसार, अरबौँ वर्ष पहिले ग्रहमा वरफ भएको बेला आवश्यक खनिजहरु आइरन, सल्फेट र पोटासियमसहितको धुलो त्यसभित्र फसेको हुनसक्छ । तर एसिडीक धुलो जारोसाइटमा परिणत हुन वरफलाई भिजको वातावरण आवश्यक पर्छ । यसरी धुलो र वरफ रासायनिक प्रतिक्रया भई खनिज बनेको वैज्ञ
नङ किन फुल्छ

नङ किन फुल्छ

Uncategorized
जनादेश नेपाल, काठमाण्डौ । प्रायः हाम्रा नङहरु गुलाबी रगंका र फेदमा अर्धचन्द्राकार आकृती भएका हुन्छन् । कहिलेकाहीँ नङमा सेतो दागहरु देखा पर्छन । यस्तो दाग केहि समयको लागी मात्र देखिन्छ र नङको वृद्धीसँगै यो पनि बढ्छ । यसलाई डाक्टरी भाषामा ल्युकोनिशिया भनिन्छ । हामी भन्ने गर्छौ, “यदि नङमा सेतो दाग देखियो भने नयाँ कपडा लगाउन पाइन्छ ।” वास्तवमा यो शरीरमा रातो रक्तकोष, भिटामिन, म्यग्नेसियम, जीङ्क र क्याल्सियमको कमि भएमा देखा पर्छ । नङमा सेतो दाग देखिनु भनेको बितेको समयमा कतै चोट लागेको संकेत गर्नु पनि हो । कलेजो, मिर्गौला, मधुमेह, छालाका रोगहरु र एलर्जीका कारणले पनि नङमा सेतो दाग देखा पर्छ । फंगल संक्रमणका कारणले पनि नङमा सेतो दाग देखा पर्छ । केहि कस्मेटिक नङपालिस र नङपालिस हटाउने सामग्रीहरुको प्रयोगले नङमा सेतो दाग देखिन्छ । लामो समयसम्म औषधीको प्रयोग गर्नाले पनि नङमा सेतो दाग देखिन्छ
भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै

भारतको यस बर्षको रक्षा बजेट १५ बर्षपछि सवैभन्दा धेरै

Banner News, International, Main News
जनादेश नेपाल, काठमाण्डौ । भारतमा बर्ष २०२१—२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् । अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छिन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ बर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरुका अनुसार अघिल्लो बर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेकी छिन् । भारतको यस बर्षको बजेट ४.७८ करोडको रहेको छ । “अघिल्लो बर्षको तुलनामा यस बर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ बर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले भने ।-रासस