Jandesh Nepal, Author at Education Patra | Page 61 of 173

Author: Jandesh Nepal

‘इनफ इज इनफ’ का पाँच जना सदस्य पक्राउ

‘इनफ इज इनफ’ का पाँच जना सदस्य पक्राउ

Main News
जनादेश, काठमाडौँ । सामाजिक अभियान इनफ इज इनफका पाँच जना सदस्य पक्राउ परेका छन् । गृहमन्त्रलायमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा भेला भइ मन्त्रालय भित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियन्ताहरू गृहमन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको जनाइएको छ । पक्राउ परेका अभियन्ताले आफनो नाम समेत नखुलाएको प्रहरीले जनाएको छ । कोरोना नियन्त्रणमा सरकारले लापरववाही गरेको बताउँदै स्वास्थ्य सेवा राम्रो बनाउनुपर्ने लगायतका माग राख्दै अभियन्ता अनसनरत छन् ।
कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

कर्णाली नदीमा पानीको बहाव खतरा नजिक

Main News
सुदूरपश्चिम। गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरा नजीक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी ९कैलाली०का प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर बोगटीले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताउनुभयो । यो नदीमा पानीको बहाव ११ मिटर पुगेपछि खतरा मानिन्छ । पानीको बहाव खतरा नजीक पुगेपछि बर्दिया र कैलालीको तल्लो तटीय क्षेत्रको समुदायलाई सतर्क रहन सूचना दिइएको बोगटीले जानकारी दिनुभयो । कर्णाली नदीमा आएको बाढीले बर्दियाको नदी तटीय क्षेत्रका साथै कैलालीको दक्षिण पूर्वी क्षेत्र डुबान र कटानको जोखिममा परेको छ । कर्णाली नदीबाट कैलालीतर्फ आउने विभिन्न कुला तथा खोलामा पनि बहाव बढेको छ । उत्तरबाट दक्षिणतर्फ बग्ने कर्णालीमा उर्लिएर आउने बाढीका कारण पश्चिमबाट पूर्वतर्फ सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीको पानीको बहाव रोकिन गई जि