Jandesh Nepal, Author at Education Patra | Page 62 of 173

Author: Jandesh Nepal

लगातार उकालो लाग्दै सुनको मूल्य, तोलाको ९८ हजार पाँच सय

लगातार उकालो लाग्दै सुनको मूल्य, तोलाको ९८ हजार पाँच सय

Main News
जनादेश, काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य आज पनि ३ सय रुपैयाँले बढेको छ । मंगलबार तोलाको ९८ हजार दुई सय रहेको छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँले बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीे तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

सुशान्तकी प्रेमिका रियाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी

Uncategorized
एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बुबा केक सिंहले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । केकले चक्रवर्तीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोप लगाउदै उजुरी दिएका हुन् । प्रहरीका अनुसार घटनाको विस्तृत छानविनका लागि चारजनाको समुह मुम्बई पठाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चक्रावर्ती सुशान्तका साथसाथै फिल्म निर्देशक महेश भट्टसँग पनि प्रेम सम्बन्धमा रहेको चर्चा चलेको छ । आफूविरुद्ध उजुरी परेपछि चक्रावर्तीले आफ्ना वकिलसँग परामर्श लिएको जनाइएको छ । 'एम एस धोनी' लगाएत केही चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता सुशान्त सिंह राजपुतले जुन १४ तारिखमा आफ्नै अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको आत्मत्याको खबर फैलिएसँगै चर्चित अभिनेत्री कंगना रनौतलगाएत बलिउका थुप्रै कलाकारले सुशान्त बलिउडको नेपोटिजमको शिकार भएको जनाएका थिए ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप बिहीबार जाने तय   

क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न सन्दीप बिहीबार जाने तय   

Banner News
जनादेश संवाददाता, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) जाने तय भएको छ । उनी सिपिएल खेल्न बिहीबार ट्रिनिडाड एन्ड टोबागोतर्फ जानेछन् । कोरियन एयरको चार्टर्ड जहाजमा सन्दीप टोबागो जान लागेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (रु एक करोड ५६ लाख) मा अनुबन्ध गरेको हो । उनी उक्त टिमको मार्की खेलाडी पनि हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन् । सिपिएल आगामी भदौ २ देखि भदौ २५ गतेसम्म चल्नेछ । यस वर्षको सिपिएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि उनलाई एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ ।
सेनाद्वारा सशस्त्रलाई ६ सय थान पुराना हतियार प्रदान

सेनाद्वारा सशस्त्रलाई ६ सय थान पुराना हतियार प्रदान

Main News
जनादेश, काठमाडौँ । नेपाली सेनाले आफूले प्रयोग गरेका ६ सय थान पुराना हतियार सशस्त्र प्रहरीलाई प्रदान गरेको छ । सेनाका उपरथी राजेन्द्र कार्कीले सशस्त्रका एआईजी रामशरण पौडेललाई उक्त हतियार हस्तान्तरण गरेका हुन् । सैनिकका अनसार प्रदान गरिएको हतियार इन्सास राइफल रहेको छ । यसअघि पनि सेनाले सशस्त्र प्रहरीलाई पुराना हतियार खिँदै आएको थियो ।  
कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु

कालीकोटमा गएको पहिरोमा पुरिएर ८ जनाको मृत्यु

Uncategorized
जनादेश, काठमाडौं । कालीकोटको नरहनीनाथ गाउँपालिका ७ मा मंगलवार राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । पहिरोमा परि ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने विमलाको उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, नरहनीनाथ गाउँपालिका ४ का ६५ वर्षीय बाले बुढाको घर पहिरोले पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मना बुढाको मृत्यु भएको छ भने बाले बेपत्ता रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

अझै केही दिन भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

Uncategorized
काठमाडौँ । मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । “मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो,” मौसमविद् बादीले भन्नुभयो । सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानूनविपरीत सेवासुविधा प्रदान

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कानूनविपरीत सेवासुविधा प्रदान

Main News
कर्णाली ।   सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) का पदाधिकारी, शिक्षक तथा कर्मचारीले कानूनविपरीत सेवासुविधा लिएको पाइएको छ । विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आर्थिक नियमविपरीत रु एक करोड तीन लाख १२ हजार भत्ता लिएको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । नेपाल सरकारको स्वीकृतिबिनै विभिन्न प्रकारका भत्ता रकम लिएको पाइएपछि असुलउपर गर्न विश्वविद्यालयलाई सो कार्यालयले सुझाव दिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को दफा ३९ मा विश्वविद्यालयले नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने गरी कुनै पनि पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधा थप गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने उल्लेख छ । तर विश्वविद्यालयको कार्यकारी परिषद्ले अर्थ मन्त्रालयको स्वीकृति नलिई पदाधिकारीलाई विभिन्न प