Jandesh Nepal, Author at Education Patra | Page 64 of 173

Author: Jandesh Nepal

फेलाइनीको ८ मिनेटमै हेडर ह्याट्रिक

फेलाइनीको ८ मिनेटमै हेडर ह्याट्रिक

Uncategorized
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व खेलाडी मराउने फेलाइनीले ८ मिनेटको अन्तरमा हेडरबाटै ह्याट्रिक पूरा गरेपछि सान्दोङ लुनिङले चाइनिज सुपर लिग (सिएसएल) मा रोमाञ्चक जित निकालेको छ । सान्दोङ लुनिङले घरेलु टोली डालियन प्रोफेसनल एफसीमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो । ७९औं मिनेटसम्म १–० ले पछि परेको अवस्थामा बेल्जियमका पुर्व मिडफिल्डर फेलाइनीले दोस्रो हाफको अन्त्यतिर ह्याट्रिक पुरा गरेपछि खेल सान्दोङले आफ्नो पक्षमा पार्न सफल भएको हो । ५७औं मिनेटमा जोसे सलोमोन रोन्डनको गोलबाट खेलमा पछि परेको सान्दोङले ७९औं मिनेटमा फेलाइनीको गोलबाट खेलमा फर्किएको थियो । ८३औं मिनेटमा फेलाइनीले व्यक्तिगत दोस्रो गोल गरेपछि सान्दोङले खेलमा २–१ को अग्रता लिन सफल भयो । ८६औं मिनेटमा फेलाइनीले ह्याट्रिक पुरा गरे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मार्कुस ड्यानिल्सेनले गोल
लिभरपुल र सिटीको सहज जित

लिभरपुल र सिटीको सहज जित

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिगको सिजनको अन्तिम खेलमा च्याम्पियन लिभरपुल र दोस्रो भएको म्यानचेस्टर सिटीले सहज जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । च्याम्पियन लिभरपुलले न्युक्यासलमाथि ३–१ को पूनरागमन जित निकाल्दा म्यानचेस्टर सिटीले रेलिगेसनमा परेको नर्विच सिटीमाथि ५–० को सानदार जित निकाल्यो ।  खेलको पहिलो मिनेटमा नै डिविट गेलको गोलबाट न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । तर, न्युक्यासले उक्त अग्रतालाई जोगाउन सकेन । ३८औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५९औं मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । ८९औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई ३–१ को पूनरागमन जित दिलाए । यस्तै अर्काे खेलमा केभिन डि ब्रुयनले दुई तथा ग्याब्रियल जेसस, रहिम स्ट्रलिङ र रियाद महारजेले गोल गरेपछि म्यानचेस्टर सिटीले नर्विच सिटी
डुब्यो तुम्लिङटार, तीन घर भत्किए   

डुब्यो तुम्लिङटार, तीन घर भत्किए   

Uncategorized
जनादेश संवाददाता, खाँदबारी । लगातारको बर्सातका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ । माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् । पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको स