Jandesh Nepal, Author at Education Patra | Page 67 of 173

Author: Jandesh Nepal

कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

कर्मचारी र समुदायस्तरमा कोरोनाको जोखिम

Uncategorized
नेपालगञ्ज। बाँकेमा क्वारेन्टिइन बसेकाकोे सङ्ख्या घटेसँगै स्वास्थ्य कार्यालयले समुदायस्तरमा कोभिड–१९ को परीक्षणको दायरा बढाएको छ । स्वास्थ्य कार्यालयले कोरोनाको सङ्क्रमणबाट बढी जोखिममा पर्न सक्ने कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, मजदूरहरुको परीक्षण गर्न थालेको छ । यसरी परीक्षण गर्दा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको पनि छ । दुई दिनअघि नेपालगञ्जको समुदायस्तर र सरकारी तथा गैरसरकारी कार्यालयमा गरिएको परीक्षणमा कर कार्यालय र यातायात व्यवस्था कार्यालयका तीन कर्मचारी, एक मजदूर र एक मिठाइ पसलेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । “समुदायस्तरमा र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा थप कडाइ गर्न सकिने अवस्था पनि आउन सक्छ” प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बाङले भन्नुभयो । लकडाउन हटेसँगैै बाँकेमा बजार, यातायात, उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय अहिले पूर्
अस्ट्रेलियाको डढेलोले तीन अर्ब जीवजन्तु प्रभावित

अस्ट्रेलियाको डढेलोले तीन अर्ब जीवजन्तु प्रभावित

International
सिड्नी । अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ । डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ । प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताउनुभयो । सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जंगलहरुमा लामो सुख्खाका कार
एकपछि अर्को स्थानीय तह बन्द

एकपछि अर्को स्थानीय तह बन्द

Uncategorized
सप्तरी । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेको भन्दै आजदेखि गाउँपालिका र वडा कार्यालयबाट पर्वाह हुने सेवाहरु बन्द गरिएको बताइएको छ । प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले एक विज्ञप्ति जारी गर्दै अति आवश्यक स्वास्थ्य सेवाबाहेकका अन्य सेवा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा हाटबजार नलगाउन, गोष्ठी–सेमिनार आयोजना नगर्न, भिडभाड नगर्न, पसल, व्यापार, व्यवसाय नगर्न, सरकारी, गैरसरकारी र वित्तीय संस्थाहरु सञ्चालन नगर्न नगराउन आग्रह गरिएको छ । यस्तै सर्वसाधारणलाई पनि अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । अत्यावश्यक कामका
पहिराले घर बगाउँदा दुईको मृत्यु

पहिराले घर बगाउँदा दुईको मृत्यु

Main News
रुकुमपश्चिम । रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–९, स्यालाको एक घर गए राति पहिरोले बगाउँदा दुई जनाको मृत्यु भएको हो । रातभर परेको अविरल वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान करीब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको क
सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, तोलाको ९८ हजार २००

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि, तोलाको ९८ हजार २००

Main News
काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशितरूपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु दुई हजार ४०० ले वृद्धि भएको छ । आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९७ हजार ७६० निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य रु एक हजार २४५ कायम भएको छ । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन   

कुसुमखोलाका विस्थापितलाई घर बनाइदिन अध्यक्ष दाहालको निर्देशन   

Uncategorized
नारायण अधिकारी,  चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको कुसुमखोलाका विस्थापितलाई तत्काल घरको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । उहाँले माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाललाई टेलिफोन गरी तत्काल बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । चितवन राष्ट्रिय निकञ्जको क्षेत्रमा पर्ने कुसुमखोलामा बसोबास गर्नेहरुको घरगोठ निकुञ्जले हटाएपछि उनीहरु विस्थापित भएका छन् । निकुञ्ज प्रशासनले उनीहरुको अन्यत्र घर भएको र खेती गर्न आउँदा बस्ने पुरानो ठाउँको मचान र टहरा भत्काएको जनाउँदै आएको छ भने माडी नगरपालिकाले उनीहरुमध्ये दुई परिवारको अन्यत्र घर नभएको र बसिरहेको ठाउँ निकुञ्जले आगो लगाएको जनाएको छ । सोही क्षेत्रबाट निर्वाचित दाहालले घटनालगत्तै ढकाललाई बासस्थानको व्यवस्थापन गर्न भन्नुभएको हो । ढकालले भन्नुभयो, “बज
नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव

नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव

Uncategorized
जनादेश, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्ष समक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतम प्रस्ताव राखेका छन् । प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन प्रस्ताव गरिएको छ भने अर्का अध्यक्ष प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहन आग्रह गरिएको छ । पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्तावसँगै प्रधानमन्त्रीका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय लिनुपूर्व पार्टीको सचिवालय
अनलाइन शिक्षाको प्रभावकारिता र औचित्य ?

अनलाइन शिक्षाको प्रभावकारिता र औचित्य ?

Thought/Blog
देवेन्द्र अर्याल ‘आँसु’ अहिलेको युगलाई डिजिटल युग पनि भन्न सकिन्छ । इन्टरनेटका कारण मानिसको दैनिक जीवनमा ठूलो परिवर्तन आएको छ । कठिन काम पनि सहजै पूरा गर्न सकिन्छ । पछिल्लो समयमा आएर कोरोना महामारीको कारण ई–लर्निङ तीव्र रूपमा फैलिएको छ । वेबमा आधारित शिक्षा प्रणालीलाई पछिल्लो समयमा आएर कोरोना महामारीले स्थापित गरिदिएको छ । त्यसैले वेबमा आधारित भर्चुअल कक्षाबाट पठनपाठन हुने क्रम विश्ववापी रूपमा बढेको हो । विद्यालय मात्र होइन; महाविद्यालय, विश्वविद्यालय सबैतिर अनलाइन शिक्षा सुरु भएको छ । महामारीका कारण पठनपाठन र परीक्षा प्रणालीमा पनि परिवर्तन आउनु कुनै नौलो कुरा होइन । पछिल्लो समयमा आएर त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ का कारण विश्वभरिकै पठनपाठन अवरुद्व भएको छ । शिक्षण संस्थाहरू लामो समयदेखि खुल्न सकेका छैनन् । शैक्षिक सत्रको सुरुवातदेखि नै लकडाउनका कारण अवरुद्व भएका शिक्षण