Jandesh Nepal, Author at Education Patra | Page 69 of 173

Author: Jandesh Nepal

सिरोको ह्याट्रिकमा लाजियोको सानदार जित

सिरोको ह्याट्रिकमा लाजियोको सानदार जित

Uncategorized
एजेन्सी । युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले ह्याट्रिक पुरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’ मा हेलास भेरोनामाथि सानदार जित हात पारेको छ । लाजियोले हेलास भेरोनालाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो ।  लाजियोको फराकिलो जितमा सिरोले ह्याट्रिक गर्नुका साथै सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले गोल गरे । घरेलु टोलीका सोफ्यान अम्राबाटले एक गोल फर्काए । घरेलु मैदानमा भेरोनाले ३८औं मिनेटमा सोफ्यान अम्राबाटको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गोल गरेपछि लाजियो खेलमा फर्किएको थियो । ५६औं मिनेटमा सेर्गेजले गोल गर्दै लाजियोलाई खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा कोरेलाले गोल थपेपछि लाजियो फराकिलो जिततर्फ अग्रसर बनेको थियो । त्यसपछिको दुई गोल सिरोको नाममा रह्यो ।  ८४औं मिनेटमा सिरोले गोल गर्दै
जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी  

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी  

Uncategorized
जनादेश अमरगढी,   डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
युभेन्टस सिरी ‘ए’ च्याम्पियन

युभेन्टस सिरी ‘ए’ च्याम्पियन

Uncategorized
एजेन्सी । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।  युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई दवावमा राखेपनि युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो । २०औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाउदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४औं मिनेटमा मिरालेम प्यानिचको पासमा फेडरिको बर्नरडेस्चीको साम्पडोरियाका गोलरक्षक इमिल एयुडेरोले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । मिरोलम प
झिनो अङ्कले घट्यो नेप्से   

झिनो अङ्कले घट्यो नेप्से   

Uncategorized
जनादेश काठमाडौँ,   धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज २.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१, जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् । कारोबारका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको
भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

Uncategorized
एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय टोली तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् । लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् । लिगको अन्तिम खेलमा २ गोल गरेका आर्सनल फरवार्ड पिएर एमेरिक औबामेयाङले २२ गोल गरे । अर्का इंग्लिस फरवार्ड ड्यानी इन्ग्सले पनि समान २२ गोल गरेका थिए । सिटीका रहीम स्टरलिङले २० तथा लिभरपुलका मोहमद सलाहले १९ गोल गर्न सफल रहे । म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । उनले यसक्रममा एकै सिजनमा सर्वाधिक असिस्ट दिने कीर्तिमानको पनि बराबरी गरे । यसअघि आर्सनलका थिएरी हेनरीले पनि २० असिस्ट न
सीप सिक्ने अवसर देऊः काम हामी खोज्छौ  

सीप सिक्ने अवसर देऊः काम हामी खोज्छौ  

Uncategorized
जनादेश मुग्लिन, इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । कार्यक्%A
चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको अन्तिम चरणको खेलमा जित दर्ता गर्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएका छन् । च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो । अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो । युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रहयो । युनाइटेडको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडका लागि जेसी लिंगार्डले इन्ज्युरी समयमा गोल गर्दै जित पक्का गरेका थिए । लेस्टरका डिफेन्डर जोनी एभान्सले इन्ज्युरी समयमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । चेल्सीक
घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

Uncategorized
हिमाल खरेल । बिर्तामोड । केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छ जना महिलाको चिन्ता धानबालीमा छैन । उनीहरुका हात मैदानको झार उखेल्न व्यस्त छन् । झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि उनीहरुका हात अबको एक महिनासम्म मैदानको झारमै हुनेछन् । खुला मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेलको काम सुरु गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष तथा डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले बताए । नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको संरक्षणका लागि ३ नम्बर वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । वडाले त्यसका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । नगरप
नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी

नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी

Uncategorized
जनादेश दमौली, नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् । बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काँग्रेसलाई ठूलो क्षति पु¥याउने बताउनुभयो । बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताउनुभयो । रासस
क्यानाडामा कोभिड–१९ सङ्क्रमितमध्ये बहुमत युवाहरू

क्यानाडामा कोभिड–१९ सङ्क्रमितमध्ये बहुमत युवाहरू

International
मन्ट्रियल । क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् । “हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्याङ्क अनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–८ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययन अनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४.४ प्रतिशत र १३.८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ । युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् । गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्ट अनुसार