Jandesh Nepal, Author at Education Patra | Page 7 of 173

Author: Jandesh Nepal

राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण तालीम सम्पन्न

राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण तालीम सम्पन्न

Banner News, Higher Education News, Main News, Special News Highlights
जनादेश नेपाल संवाददाता, दाङ । दाङ जिल्लाको घोराही—१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखिकरण तालीम सम्पन्न भएको छ । अभिमुखीकरण तालीमका मुख्य प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले योग, मेडिटेसन, जीवन जगत र जीवनलाई कसरी सार्थक बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजमा रहदा के गर्ने के नगर्ने र अध्ययनलाई कसरी नतिजामुखी बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो । उक्त तालीम कार्यक्रममा स्वागत मन्तव्य राख्दै राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक
सर्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको बढदो प्रयोग र प्रभाव

सर्वजनिक सेवा प्रवाहमा डिजिटल प्रविधिको बढदो प्रयोग र प्रभाव

Thought/Blog
डा. शैलेन्द्र गिरी भूमिका: सर्वजनिक सेवा प्रवाहमा डिजिटल टेक्नोलोजीहरूको द्रुत प्रयोगले आजको समाज, अर्थव्यवस्था र सेवा वितरणलाई गजबले रूपान्तरण गरिरहेको छ । सेवा प्रवाहमा डिजिटल टेक्नोलोजीको प्रयोगले गरिबलाई सरकारी सेवा वितरणमा संलग्न गरिरहेको छ । यसले सरकारी संगठनको कार्यकुशलता, कार्यसम्पादन, जवाफदेहीता, पारदर्शितामा सुधार ल्याउनुका साथै सेवा प्रवाहमा हुने भ्रष्टाचारको नियमन गर्न सहयोगी भूमिका खेलेको छ । सार्वजनिक सुनवाई, सामाजिक लेखापरीक्षण, व्यवस्थापन लेखापरीक्षण, र ग्राहक सन्तुष्टि सर्वेक्षण त्यस्ता प्रमुख र महत्वपूर्ण पक्ष हुन्, जसले गुणस्तरीय सेवाबारे आफ्नो संगठनका प्रयोगकर्ताहरू र सरोकारवालाहरुको प्रत्यक्ष प्रतिक्रिया प्राप्त गर्छ । डिजिटल टेक्नोलोजीले सरकारलाई सेवा नागरिकबाट नियमित प्रतिक्रिया प्राप्त गर्न सक्षम बनाउनुका साथै सेवा प्रवाहको गुणस्तरमा पूर्ण रुपमा नभए तापनि कही हद
प्रधानमन्त्रीज्यू, आखिर विश्वविद्यालयमा राजनीति गर्‍यो कसले ?

प्रधानमन्त्रीज्यू, आखिर विश्वविद्यालयमा राजनीति गर्‍यो कसले ?

From Today's Newspaper, Thought/Blog
डा.बलराम तिमल्सिना नेपालका प्रत्येक विश्वविद्यालयको दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति सम्माननीय प्रधानमन्त्रीले प्रमुख अतिथिको रूपमा भाग लिने र सम्बोधन गर्ने परम्परा छ । यही परम्पराअनुसार नै यही मङ्सिर २९ गते काठमाडौँ विश्वविद्यालयको पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्माननीय प्रधानमन्त्री देउवाज्यूले सम्बोधन गर्नुभयो । सम्बोधनको क्रममा उहाँले काठमाडौँ विश्वविद्यालयले तीन दशकदेखि गुणस्तरीय एवम् प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सृजनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्रीज्यूले काठमाडौँ विश्वविद्यालयले विविध क्षेत्रमा पुर्‍याएको योगदानको व्याख्या र विश्लेषण गर्दै के पनि भन्न छुटाउनु भएन भने, “विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धा
वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत

वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत

Banner News, Employment, Main News
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरिया लगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले जानकारी दिए। 'मौसमी श्रमिकको माग निकै राम्रो छ। तर हालसम्म केन्द्रले मौसमी श्रमिक पठाउने गरेको थिएन। अब हामी शून्य लागतमा पठाउँछौं,' मन्त्री कुँवरले भने। हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाएको छैन। म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक
क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार

क्याम्पस पढ्ने यी विद्यार्थी, चिया बेचेर बचत गर्छिन् ६० हजार

Employment, Main News
रासस । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्षकी भइन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यही उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन्। बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्ने गरेकी छन्। ‘चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ। घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु,’ उनले भनिन्। विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्। माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि उनी पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्