Jandesh Nepal, Author at Education Patra | Page 89 of 173

Author: Jandesh Nepal

विष सेवन गरेका बिरामीमा कोरोना पुष्टि, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा   

विष सेवन गरेका बिरामीमा कोरोना पुष्टि, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा   

Main News
सप्तरी ।     सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताउनुभयो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिक कक्ष निसङ्क्रमण पश्चात बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिनुभयो । बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई ओटा होटेलमा क्
‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती

‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती

Uncategorized
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचरा' आज साँझ डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउँदैछ ।  जुन १४ मा आत्महत्या गरेका अभिनेता सुशान्तका फ्यान, उनका परिवार र बलिउडका लागि यो फिल्म निकै प्रतिक्षित थियो । सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रिया चक्रवर्तीले फिल्मलाई लिएर भावुक स्टाटस लेखेकी छिन् । सुशान्तको फिल्म हेर्न साहस आवश्यक रहेको उनले स्टाटसमा उल्लेख गरेकी छिन् । 'तिमीलाई हेर्न मलाई साहस चाहिन्छ । तिमी मसँगै छौ भन्ने मलाई थाहा छ । तिम्रो प्रेमको उत्वस मनाउनेछु । तिमी मेरो जीवनको हिरो हौ । मलाई थाहा छ तिमी हामीसँगै हेरिरहेका हुनेछौ,' उनले लेखेकी छिन् । पछिल्लो समय रियालाई सुशान्तको आत्महत्याको दोष लगाउँदै बलात्कारकाे धम्की समेत आएकाे थियाे । यसबारे अनुसन्धानका लागि उनले सिबिआईमा अनुसन्धानका लागि अनुरोध पनि गरेकी थिइन् ।
कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु

कोरोना संक्रमणबाट १७ स्वास्थ्यकर्मीको मृत्यु

International
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण यमनमा ९७ जना स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ । हालसम्म् यमनमा १ हजार ६७४ जना कोरोना संक्रमित भेटिएका छन् भने ४ सय ६९ जनाको मृत्यु भइसकेको छ । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको मेडग्लोबल नामक संस्थाले ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको र मृत्यु हुनेमा विशेषज्ञ, चिकित्सा निर्देशक तथा अ‍ैषधि व्यापारीसमेत रहेको जनाएको छ ।
टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’

टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’

Uncategorized
काठमाडौँ । डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजेता कलाकार जोडी ‘द चेन स्मोकर्स’ सँग सहकार्य गरी नयाँ संगीत पेस गर्ने जनाइएको छ । द चेन स्मोकर्सले नेपालको फोल्क–रक ब्यान्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्नेछ । द चेन स्मोकर्स एलेक्स पाल र ड्रिउ टग्गार्टले २०१६ मा ‘दया’ सँग तयार गरेको ‘डन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता गीतहरूबाट विश्वव्यापी ख्याति कमाएका थिए । द चेन स्मोकर्सले डिसेम्बर २०१८ मा रिलिज गरेको ‘सिक बोई’ एल्बमले हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ । एलेक्स पालले १९७४ एडीसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्ने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं,’ उनले भने, ‘टुबोर्गले विश्वका दुई कुनामा रहेका कलाकारलाई जोड्
कोमल वली भन्छिन्, ‘युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?’

कोमल वली भन्छिन्, ‘युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?’

Uncategorized
काठमाडौँ । हरेक तीजमा गीत ल्याउन नछुटाउने गायिका कोमल वलीलाई यसपटक भने सुन्न पाइने छैन । संघीय संसद राष्ट्रिय सभा सदस्यको जिम्मेवारी र कोरोनाको कहरले गर्दा यो वर्ष तीज गीत ल्याउन नपाएको बताउँछिन् उनी । तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर धमाधम गीतहरु सार्वजनिक हुन थालेका छन् । तर, गायिका वली यसपालि दर्शकलाई आफ्नो पूरानो गीतमै नाच्न सुझाउँछिन् । 'जम्मा भएर नाच्ने, गाउने गर्नु त भएन । किनभने कोरोना संक्रमण अझै पनि छ,' उनले भनिन्, 'एक दुइजना यस्सो भेटेर नाचेर गाएर सामाजिक सञ्जालमा भिडियो राखे भयो । त्यसैले मेरो सम्पूर्ण सुभचिन्तक, दिदीबहिनीलाई तीजको शुभकामना दिँदै भन्छु कि तपाईंहरूले मेरो पूरानो गीतमै रमाइलो गर्नुस् ।' कोरोना कहरबीच सार्वजनिक भएका केही तीज गीत उनले सुनेकी छिन् । पछिल्लो समय गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज' बोलको गीतमा उनले दिएको अभिव्यक्तिलाई
सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी  बनाउँने ?

सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी बनाउँने ?

Main News
जनादेश दाङ । दाङको बबई गाउँपालिकामा बस्तीस्तरमा सिकाई कार्यलाई प्रभावकारी गराउनका लागि छलफल गरिएको छ । शिक्षा शाखाको आयोजनामा बस्तीस्तरमा कसरी सिकाई कार्यलाई कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको हो । करिब चार महिनाको लकडाउनका कारण बबईमा स्थापना गरिएका शिकाई केन्द्रलाई थप प्रभावकारी र बिद्यार्थीलाई बस्तीस्तरमा कसरी सिकाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । लकडाउनको समयमा बिद्यार्थीलाई बैकल्पिक शिक्षा मार्फत् पठनपाठन गर्नका लागि छलफल गरिएको हो । शिक्षक महासंघ बबईका अध्यक्ष प्रेमबहादुर वलीको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो । छलफल कार्यक्रममा सहभागी भएका शिक्षकले नयाँ ढंगले सिकाई कार्य भएको भन्दै प्रभावकारी रुपमा पठनपाठन गराउनका लागि बिद्यार्थी, शिक्षक र अभिभावकको जिम्मेवारी महत्वपुर्ण हुने बताएका थिए । छलफल कार्यक्रममा सामुदायिक बिद्यालयका प्रधानाध्यापक
पहिरामा हराएका बालकको खोजी जारी

पहिरामा हराएका बालकको खोजी जारी

Main News
जनादेश दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् । सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । “पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्”, उहाँले भन्नुभयो । शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ । आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालक
ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा संक्रमितको संख्या २३ लाख नाघ्यो, ८५ हजारभन्दा बढीको मृत्यु

International
ब्रासिलिया ।  ब्राजिलमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार ८९१ जना संक्रमित थपिएका छन् । एकै दिनमा यतिधेरै संख्यामा संक्रमित थपिएका हुन् । तर बिहीबार मात्र पनि यो भन्दा पनि बढी संक्रमित थपिएका बताइएको थियो । बिहीबार मात्र त्यहाँ २४ घन्टामा ५९ हजार ९६१ जना संक्रमित थपिएका र एकै दिनमा यो पहिलो पटक त्यहाँ यतिधेरै संख्यामा संक्रमित थपिएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका थिए । उनीहरुका अनुसार यो संख्या यहाँका संक्रमितको संख्या २३ लाख ४३ हजार ३६६ पुगेको छ । यहाँ संक्रमण शुरु भएयता देखि १५ लाख भन्दा बढी मानिस निको भएर घर फर्किएका पनि बताइएको छ । ब्राजिल विश्वमै सबैभन्दा धेरै संक्र