८ पीएचडी र ८५ जना एमफिलका विद्यार्थी काठमाडौं विश्वविद्यालयबाट दीक्षित
काभ्रे । काठमाडौं विश्वविद्यालयले ८ जना पीएचडी र ८५ जना एमफिलसहित १ हजार ६ सय ९९ जना विद्यार्थीलाई बिहीबार २८औँ दीक्षान्त समारोहबाट दीक्षित गरेको छ ।
दीक्षित भएकाहरूमध्ये १०.९५ प्रतिशत विदेशी विद्यार्थी रहेका छन् । विभिन्न सात विधाबाट दीक्षित यी विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयका कुल पति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएर दीक्षित गरेका हुन् ।
प्रधानमन्त्री देउवाले काठमाडौं विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिले नेपालको मात्र नभएर विदेशमा समेत गरीमा उँचो राखेको भन्दै प्रशंसा गरेका छन् । उनले दीक्षित विद्यार्थीलाई देश र समाजको भलाइका लागि आफ्नो ज्ञान र सिपलाई इमानदारीताकासाथ सदुपयोग गर्न अनुरोध समेत गरेका छन् ।
वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न विधाका डिन र शिक्षा मन्त्री देवेन्द्र राज प